चिनियाँ सेनाका General को शिष्टाचार भेटघाट कार्यक्रम

१. नेपाल भ्रमणमा रहनु भएका मित्रराष्ट्र जनवादी गणतन्त्र चिनियाँ सेनाका General Chen Bingde ले आज मिति २०६७ चैत्र १० गते अपरान्ह शीतल निवासस्थित राष्ट्रपति भवनमा सम्माननीय राष्ट्रपति डा.श्री रामवरण यादवसंग शिष्टाचार भेटवार्ता गर्नु भयो । यसैगरी आज विहान सम्माननीय प्रधानमन्त्री श्री झलनाथ खनाल तथा माननीय रक्षा मन्त्री श्री बिष्णु पौडेलसँग उहाँहरुकै कार्यकक्ष सिंहदरवारमा शिष्टाचार भेटघाट गर्नु भयो । २. आजै साझ General Chen Bingde प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गले उहाँको सम्मानमा जंगी अड्डा स्थित त्रिभुवन आर्मी अफिसर्स क्लवमा आयोजना गर्नुभएको रात्री भोजमा सरिक हुनु भयो । ३. नेपालको तीन दिने भ्रमण पुरा गरी मित्रराष्ट्र जनवादी गणतन्त्र चिनियाँ सेनाका General Chen Bingde तथा उहाँको भ्रमण दल भोली मिति २०६७ चैत्र ११ गते अपरान्ह स्वेदश फिर्ता हुने कार्यक्रम रहेको छ ।