मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bipin Rawat, UYSM, AVSM, YSM, SM, VSM, ADC बाट नेपाल भ्रमण

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bipin Rawat, UYSM, AVSM, YSM, SM, VSM, ADC चारदिने औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०७३ चैत १५ गते काठमाडौं आईपुग्नु भएको छ । वहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले स्वागत गर्नु भएको थियो ।

२. मिति २०७३ चैत १६ गते राष्ट्रपति भवन शितल निवासमा आयोजना गरिने एक विशेष समारोहका बीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट वहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा वहाँले सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री एवं प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग छुट्टा–छुट्टै भेट्ने कार्यक्रम रहेको छ ।

३. भम्रणको दौरान वहाँले नेपालको केही महत्वपूर्ण पर्यटकीय एवं धार्मीक स्थलहरु तथा नेपाली सेनाको जोमसोमस्थित सैनिक उच्च शिखर शिक्षालयको भ्रमण गर्नुको साथै पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको समेत भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ ।

४. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।