प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bipin Rawat बीच शिष्टाचार भेटवार्ता

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा मिति २०७३ चैत १५ गते चार दिने नेपाल भ्रमण आउनु भएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष General Bipin Rawat, UYSM, AVSM, YSM, SM, VSM, ADC बीच आज मिति २०७३ चैत १६ गते जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटघाटका क्रममा प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो । उक्त छलफल पश्चात् भारतीय सेनाध्यक्ष General Bipin Rawat ले नेपाली सेनाका पि.एस.ओज्. रथीबृन्दहरुसँग समेत भेटघाट गर्नु भएको थियो ।

२. भेटघाट पश्चात् जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रमबीच भारतीय सेनाध्यक्षले प्रधान सेनापति महारथी श्री क्षत्रीलाई विभिन्न प्रजातिका गरी जम्मा ७ वटा घोडाहरु (Horse Stallion Light Breed- 1, Brood Mare Horse- 2, Geld Horse- 2, Donkey Stallion- 2) समेत हस्तान्तरण गर्नु भएको थियो ।

३. यसअघि, General Bipin Rawat ले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नु भएको थियो भने जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले वहाँको सम्मानमा सम्मान गारत समेत अर्पण गरेको थियो ।