प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र कतार राजदुतावासका महामहिम राजदूत Mr Yousuf bin Mohamed Al-Hail बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७३ चैत १७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग काठमाण्डौंस्थित कतार राजदुतावासका महामहिम राजदूत Mr Yousuf bin Mohamed Al-Hail ले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गर्नु भएको छ ।

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति महारथी श्री क्षत्री र महामहिम राजदूतबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो ।