प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री र मित्रराष्ट्र म्यानमारको Peace Delegation Team बीच शिष्टाचार भेटवार्ता

१. आज मिति २०७३ चैत १७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग मित्रराष्ट्र म्यानमारको Peace Delegation Team ले जङ्गी अड्डामा शिष्टाचार भेटघाट गरेको छ ।

२. उक्त भेटघाटका क्रममा प्रधान सेनापति र उक्त Delegation Team बीच विगतमा नेपालमा द्वन्द्व पश्चात भएको सफल शान्ति प्रकृयाको बिषयमा छलफल भएको थियो । साथै, Delegation Team ले नेपालमा भएको सफल शान्ति प्रकृयाको विषयमा भएको छलफल र जानकारीबाट म्यानमारमा हाल भई रहेको शान्ति प्रकृयामा सहयोग पुग्ने आशा समेत व्यक्त गरेको थियो ।