Regional Seminar on "Capability Development & Improving Performance in PeaceKeeping" को शुभारम्भ

१. मिति २०७३ चैत्र ७ गतेबाट पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा नेपाली सेना र अमेरिकी सेनाको Pacific Command (USPACOM) को सह-आयोजनामा संचालन भई रहेको अभ्यास ‘शान्ति प्रयास-III’ अन्तर्गत नेपाली सेनाले आयोजना गरेको तीन दिने "Regional Seminar on "Capability Development & Improving Performance in PeaceKeeping" को आज मिति २०७३ चैत्र १८ गते जंगी अड्डा स्थित सभामण्डमा एक विशेष कार्यक्रमका बीच माननीय रक्षामन्त्री श्री बालकृष्ण खाणले शुभारम्भ गर्नु भएको छ ।

२. सो समारोहमा मन्तव्य व्यक्त गर्नु हुँदै माननीय रक्षामन्त्री श्री खाणले विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकहरुले देखाएका उच्चस्तरको पेसागत दक्षता, कार्यकुशलता र अनुशासनले संयुक्त राष्ट्र संघमा नेपाल प्रतिको विश्वसनीयता बढदै गएको साथै संयुक्त राष्ट्र संघबाट अनुरोध भई आएमा जस्तोसुकै परिस्थितिमा पनि नेपाल शान्ति स्थापना कार्यको लागि तयार रहेको कुरा व्यक्त गर्नु भएको थियो । मन्तव्य कै क्रममा वहाँले नेपाली सेनाले आयोजना गरेको Regional Seminar बाट विश्व शान्ति स्थापना कार्यमा भाग लिने विभिन्न देशहरु बीच आपसी समझदारी र सद्भावमा समेत वृद्धि हुने कुरा बताउनु भयो ।

३. Regional Seminar मा सहभागी हुन मिति २०७३ चैत १७ गते नेपाल आउनु भएका Office of Military Affairs sf Military Adviser Lt Gen Carlos Humbert Loity  ले  विश्व शान्ति स्थापनामा संयुक्त राष्ट्र संघको भुमिका बारे आफ्नो मन्तव्य राख्नुु भएको थियो ।

४. उक्त समारोहमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, रक्षा सचिव श्री श्रीधर सापकोटा, परराष्ट्र सचिव श्री शंकरदास बैरागी, नेपाली सेनाका वहालवाला तथा अवकास प्राप्त रथीबृन्द, नेपाल स्थित विभिन्न मुलुकका सैनिक सहचारीहरु लगायत नेपाली तथा विदेशी सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।