Regional Seminar on 'Capability Development & Improving Performance in PeaceKeeping' को समापन

१. मिति २०७३ चैत्र ७ गतेबाट पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा नेपाली सेना र अमेरिकी सेनाको Pacific Command (USPACOM) को सह(आयोजनामा संचालन भई रहेको अभ्यास ‘शान्ति प्रयास-III’ को क्रममा नेपाली सेनाले मिति २०७३ चैत १८ गतेबाट सञ्चालन गरेको तीन दिने Regional Seminar on 'Capability Development & Improving Performance in PeaceKeeping' को आज मिति २०७३ चैत्र २० गते श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा एक विशेष कार्यक्रमका बीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले समापन गर्नु भएको छ ।

२. सो समारोहमा मन्तव्य व्यक्त गर्नु हुँदै प्रधान सेनापति श्री क्षत्रीले यस प्रकारको सेमिनारले शान्ति स्थापना कार्यको लागि विभिन्न तहमा योजनाहरु तयार गरी सफल कार्यान्वयन गर्नमा सहयोग पुग्ने कुरा बताउनु भयो । मन्तव्य कै क्रममा वहाँले सेमिनार सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने संयुक्त राष्ट्र संघको शान्ति सेना सञ्चालन निर्देशनालय (UNDPKO), अमेरिकी सेनाको Pacific Command (USPACOM) , Global Peace Oprerations Initiative (GPOI) र पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई धन्यवाद व्यक्त गर्नु भयो ।&nbsp;</div><div><br></div><div>&nbsp;३.<span class="Apple-tab-span" style="white-space:pre"> </span>उक्त Regional Seminar को समापन समारोहमा UN HQs,Office of Military Affairs का OIC Chief of Staff Capt. (Navy) Herve Auffret &nbsp;ले आफ्नो मन्तव्य राख्नु हुँदै नेपाली सेना तथा सेमिनर सञ्चलान गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनु भयो ।

४. उक्त समापन समारोहमा नेपाली सेनाका वहालवाला तथा अवकास प्राप्त रथीबृन्द लगायत नेपाली तथा विदेशी सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।