अभ्यास ‘शान्ति प्रयास-III’ समापन

१. नेपाली सेना र अमेरिकी सेनाको Pacific Command (USPACOM) सह-आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा मिति २०७३ चैत्र ०७ गतेबाट सञ्चालन भएको अभ्यास ‘शान्ति प्रयास-III’ को आज मिति २०७३ चैत २१ गते उक्त केन्द्रमा एक विशेष कार्यक्रमका बीच माननीय रक्षामन्त्री श्री बालकृष्ण खाणले समापन गर्नु भएको छ ।

२. उक्त समापन समारोहमा मन्तव्य व्यक्त गर्नु हुँदै माननीय रक्षामन्त्री श्री खाणले उक्त अभ्यासले शान्ति स्थापना कार्यमा संयुक्त राष्ट्र संघबाट तोकिएको जिम्मेवारीहरु सफलतापूर्वक कार्यान्वयन गर्न शान्ति सैनिकहरुको पेशागत ज्ञान तथा मनोवलमा थप अभिबृद्धि हुने साथै शान्ति स्थापना कार्यमा खट्टिने विभिन्न मुलुकका सैनिकहरु विच आपसी सद्भाव, सहयोग र समन्वयमा बृद्धि भई शान्ति स्थापना कार्यमा अझै निखार आउने कुरामा विश्वस्त रहेको कुरा बताउनु भयो । मन्तव्य कै क्रममा माननीय रक्षामन्त्री श्री खाणले ५९ वर्षदेखि निरन्तर शान्ति स्थापना कार्यमा सहभागी हुँदै हालसम्म १ लाख १५ हजार ७ सातसय ३ नेपाली शान्ति सैनिक विभिन्न मुलुकका ४१ वटा शान्ति मिसनमा सहभागी भई सकेको र हाल १५ वटा विभिन्न शान्ति मिशनमा ४ हजार ४ सय ९३ शान्ति सैनिक शान्ति स्थापना कार्यमा कार्यरत रहेको बताउनु भयो । साथै वहाले अभ्यास सफलता पूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने संयुक्त राष्ट्र संघको शान्ति सेना सञ्चालन निर्देशनालय (UNDPKO), अमेरिकी सेनाको Pacific Command (USPACOM), Global Peace Oprerations Initiative (GPOI) र पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र लगायत विषयबस्तु विशेषज्ञ शिक्षक तथा सहभागी शिक्षार्थीहरुलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।

३. कार्यक्रमकै दौरान व्याण्ड डिस्प्ले, सांस्कृतिक कार्यक्रम, हेलिकप्टरबाट फ्लाईपासको साथै व्यानर डिस्प्ले लगायत अनआर्म कम्व्याटको समेत प्रस्तुति गरिएको थियो ।

४. उक्त अभ्यासमा नेपाल सहित जम्मा २८ राष्ट्रका ११३५ जना सैनिकहरु सहभागि भएका थिए । अभ्यासको क्रममा Staff Training Event (STE), Field Training Event (FTE), Critical Enabler and Capability Enhancement (2CE) गरि ३ किसिमको तालिमको साथै Regional Seminar on 'Capability Development & Improving Performance in PeaceKeeping' सञ्चालन गरिएको थियो । सो अभ्यासको प्रमुख लक्ष्य शान्ति स्थापना कार्यको लागि मिशन ईलाकामा तैनाथ हुनु पूर्व संयुक्त राष्ट्रसंघको बहुराष्ट्रिय वातावरण (Multi-National Environment) मा एक-आपसमा समन्वय र सहकार्य गरी शान्ति स्थापना कार्य गर्ने क्षमतामा अभिबृद्धि गर्ने रहेको थियो ।

५. उक्त समापन समारोहमा, प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री, रक्षा सचिव, परराष्ट्र सचिव, पूर्व प्रधान सेनापतिहरु, वहालवला तथा अवकास प्राप्त रथीबृन्द, नेपालस्थित विभिन्न मुलुकका सैनिक सहचारीहरु लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।&nbsp;</div><div style="text-align: justify;"><br></div><div style="text-align: justify;">६.<span class="Apple-tab-span" style="white-space:pre"> </span>यस प्रकारको बहुराष्ट्रिय सेना सम्मिलित अभ्यासबाट छिमेकी मित्रराष्ट्रहरु बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर पार्न मद्दत पुग्नुको साथै विश्व शान्ति स्थापना कार्यमा समेत थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।