प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७३ चैत २३ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले ईटहरीस्थित श्री पूर्वी पृतना हे.क्वा. तथा सो पृतना हे.क्वा. अन्तर्गत युनिटहरुको निरीक्षण भ्रमण गर्नुभएको छ । उक्त निरीक्षण भ्रमणका लागि प्रधान सेनापति श्री क्षत्री हिजो मिति २०७३ चैत २२ गते उक्त स्थानतर्फ जानु भएको थियो ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले ताप्लेजुङ जिल्लास्थित पाथिभरा मन्दिरमा अखण्ड दिप प्रज्वलन गर्नु भएको थियो । सोही क्रममा श्री पूर्वी पृतना अन्तर्गतका फौजहरु सहभागी भई निर्माण गरिएको पाथिभरा मन्दिर जाने ४६० मिटर लामो पद मार्गको निरीक्षण गर्नु भएको थियो भने नेपाली सेनाले सोही जिल्लाको पाथिभरा, ठूलोफेदी र काफ्लेपाटी ईलाकामा सञ्चालन गरेको स्वास्थ्य शिविरको समेत निरीक्षण गर्नु भएको थियो । मिति २०७३ चैत १९ गतेबाट ऐ. २३ गतेसम्म सञ्चालन भएको सो स्वास्थ्य शिविरबाट ९१८ जना स्थानीय लाभान्वित भएका छन् ।

३. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति आजै काठमाण्डौ फिर्ता हुनुहुने कार्यक्रम रहेको छ ।