नेपाली सेना भू.पू. सैनिक सम्मेलन (मध्य पश्चिमाञ्चल)–२०७३ को शुभारम्भ

१. नेपाली सेनाको राझा व्यारेक नेपालगञ्जमा सञ्चालित नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन (मध्य पश्चिमाञ्चल)— २०७३ एक विशेष समारोहकाबीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा आज मिति २०७३ चैत २५ गते शुभारम्भ भएको छ ।

२. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगतको सात वटा जिल्ला (बाँके, बर्दिया, प्यूठान, दाङ्ग, सल्यान, रुकुम र रोल्पा) का करिव एक हजार छ सय भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो । त्यसैगरि, उक्त सम्मेलनको क्रममा मिति २०७३ चैत १८ गतेबाट ऐ. २४ गतेसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, वहालवाला सैनिक तथा तीनका परिवार र गैर सैनिक व्यक्तिहरु समेत गरी २८२१ जनालाई स्वास्थ्य उपचार तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

३. सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेत्कृष्ट व्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक, वहाँहरुका अशक्त परिवार र अशक्त गैर सैनिकहरुलाई व्हिल चियर वितरण तथा मध्य पश्चिम क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवं निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।

४. सम्मेलनकै क्रममा मध्य पश्चिम पृतना हे.क्वा.अन्तर्गतका युनिटहरुले स्थान बिशेषको झाँकी, खुकुरी ड्रिल तथा पि.टी. प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । साथै भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहनु भएका महिलाहरुले प्लेकार्ड सहितको मार्च पाष्ट तथा लङ्गमार्च प्रदर्शन गर्नुभएको थियो ।

५. सम्मेलन शुभारम्भको क्रममा सम्बोधन गर्दै प्रधान सेनापति श्री क्षत्रीले देशको अखण्डता, सार्बभौमसत्ता र राष्ट्रिय एकताको लागि भूतपूर्व सैनिकहरुले पु¥याएको योगदान अमुल्य रहदै आएको बताउनु भयो । सोही क्रममा भूतपूर्व सैनिकहरुले नेपाली सेनाको कल्याणकारी कोष मार्फत पाउदै आएको सुविधाहरुमा थप स्तोरोन्नती गरिदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । सो सम्मेलनकै क्रममा प्रधान सेनापति श्री क्षत्रीले भूतपूर्व सैनिकहरुसँग अन्तरक्रिया समेत गर्नु भएको थियो ।

६. त्यसैगरि, प्रधान सेनापति श्री क्षत्रीले मध्य पश्चिमाञ्चल ईपिसेन्टर कार्यालय परिसरमा निर्माण हुने  तालिम भवनको शिलान्यास गर्नु भएको थियो । उक्त कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत रथी श्री चित्र बहादुर गुरुङ्ग (अ.प्रा.) ले स्वागत मन्तव्य राख्नु भएको थियो भने भूतपूर्व सैनिकहरुको तर्फबाट राप्ती अञ्चल प्रमुख सहायक रथी श्री मानध्वज बुढामगर (अ.प्रा.) ले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

७. उक्त सम्मेलनमा नेपाली सेनाका रथिवृन्द, कल्याणकारी बोर्ड तथा अन्य सरकारी एवं गैर सरकारी कार्यालय÷सङ्घ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मी लगायत नेपाली सेनाको बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारजनहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।