नेपाली सेना भू.पू. सैनिक सम्मेलन (मध्य पश्चिमाञ्चल)–२०७३ सम्पन्न

१. हिजो मिति २०७३ चैत २५ गते बाँकेको नेपालगञ्जस्थित राझा व्यारेकमा शुरु भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन (मध्य पश्चिमाञ्चल)— २०७३ को आज मिति २०७३ चैत २६ गते सुर्खेतस्थित मङ्गलगढी व्यारेकमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ ।

२. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतको आठ वटा जिल्ला (दैलेख, सुर्खेत, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा) का करिव एक हजार जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो । त्यसैगरि, उक्त सम्मेलनको क्रममा मिति २०७३ चैत २३ गतेबाट ऐ. २५ गतेसम्म सुर्खेतमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, वहालवाला सैनिक तथा तीनका परिवार र गैर सैनिक व्यक्तिहरु समेत गरी करिव एक हजार दुई सय जनालाई स्वास्थ्य उपचार तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

३. सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघु वित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसा पत्र एवम् पुरस्कार वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक, वहाँहरुका अशक्त परिवार र अशक्त गैर सैनिकहरुलाई व्हिल चियर वितरण तथा मध्य पश्चिम क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवं निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्ये ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो ।

४. सम्मेलनकै क्रममा मध्य पश्चिम पृतना हे.क्वा.अन्तर्गतका युनिटहरुले स्थान बिशेषको झाँकी, खुकुरी ड्रिल तथा पि.टी. प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । साथै भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहनु भएका महिलाहरुले प्ले कार्ड सहितको मार्च पाष्ट तथा लङ्गमार्च प्रदर्शन गर्नुभएको थियो ।

५. प्रधान सेनापति श्री क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेपाली सेनामा कार्यरत रही राष्ट्र हितको रक्षार्थ वीरगती प्राप्त गरेका सकलदर्जाको आत्माको चिरशान्तिको कामना गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलामा घाईते, अशक्त तथा बिरामी भई उपचार गराई रहेका सकलदर्जाको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभको कामना गर्नुभएको थियो । सम्बोधन कै क्रममा वहाँले राज्य संकटमा पर्दा हिजो नेपाली सेनाले बगाएको रगत पसिनाको कारण यो देशको राष्ट्रिय अखण्डतामा आँच नआएको बताउनु हुँदै संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न भूतपूर्व सैनिकहरुले खेलेको अहम् भूमिकालाई मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो । त्यस्तै, वँहाले नेपाली जनताले गरेको सेनामाथिको अगाध विश्वास, आस्था, भरोसा नै नेपाली सेनाको लागि हौसला र ऊर्जाको स्रोतहरु भएको समेत बताउनुभएको थियो ।

६. सोही क्रममा प्रधान सेनापति श्री क्षत्रीले नेपाली सेनाको कल्याणकारी कार्यक्रमहरुमा भू.पू. सैनिकहरुको हितलाई मध्यनजर राख्दै शिक्षा क्षेत्रमा सैनिक आवासीय महाविद्यालयहरुको स्तरोन्नती गर्दै चितवन, धनगढी, सुर्खेत, पोखरा र धरानस्थित महाविद्यालयहरुमा अध्ययन गर्ने छात्राहरुको लागि छात्रावास र यातायातको सुविधा तथा सुर्खेत, धनगढी, चितवन र काठमाडौंस्थित रिपुमर्दिनी सैनिक महाविद्यालयहरुमा १०+२ कक्षा सञ्चालन गर्ने योजना रहेको बताउनु भयो । त्यस्तै, स्वास्थ्य क्षेत्रमा वीरेन्द्र अस्पताल, छाउनीमा भूतपूर्व सैनिक तथा परिवारका लागि बहिरंग विभाग (Family OPD)  को निर्माण कार्य सम्पन्न भईरहेको र उपत्यका बाहिर फिल्ड अस्पताल विस्तार गर्ने योजना अनुरुप पहिलो चरणमा नेपालगञ्जस्थित इमामनगर व्यारेक परिसरमा सर्भेको कार्य सम्पन्न भई निर्माण कार्य शुरु हुन लागेको बताउनुभएको थियो ।

७. उक्त कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत रथी श्री चित्र बहादुर गुरुङ्ग (अ.प्रा.) ले स्वागत मन्तव्य राख्नु भएको थियो भने भूतपूर्व सैनिकहरुको तर्फबाट रथी श्री नेपाल भूषण चन्द (अ.प्रा.) ले धन्यवाद मन्तव्य राख्नु भएको थियो । त्यसैगरी, बलाधिकृत रथी श्री बलदेवराज महतले समापन मन्तव्य राख्नु भई सम्मेलनको समापन गर्नु भएको थियो । कार्यक्रम पश्चात् प्रधान सेनापति श्री क्षत्रीले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सम्मलेनमा सहभागी हुनुभएकाहरुसँग सामूहिक छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।

८. उक्त सम्मेलनमा क्षेत्रीय प्रशासक, नेपाली सेनाका रथीवृन्द, क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीहरु, कल्याणकारी बोर्ड तथा अन्य सरकारी एवं गैह्र सरकारी कार्यालय/सङ्घ संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मीलगायत नेपाली सेनाको बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारजनहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।