सम्माननीय प्रधानमन्त्रीद्धारा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान

१. आज मिति २०७३ चैत ३० गते भक्तपुर खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित अधिकृत क्याडेट आधार तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएका अधिकृत क्याडेटहरुलाई एक विशेष समारोहकावीच सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहालले सहायक सेनानी दर्जाको आयुक्त पद प्रदान गर्नु भएको छ । सो समारोहमा सम्माननीय प्रधानमन्त्रीको आगमन हुँदा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले हार्दिक स्वागत गर्नुभएको थियो ।

२. उक्त अवसरमा सम्माननीय प्रधानमन्त्री श्री दाहालले सि.सं.५५ अधिकृत क्याडेट आधार तालिममा पुरुषतर्पm सर्वप्रथम हुने अधिकृत क्याडेट दिपेन्द्र बराल तथा सि.सं.४५ पदिक/हुद्धा अधिकृत क्याडेट आधार तालिममा सर्वप्रथम हुने पदिक अधिकृत क्याडेट अमित लामालाई "Sword of Honour" प्रदान गर्नु भएको थियो । त्यसैगरी  सि.सं.५५ अधिकृत क्याडेट आधार तालिममा महिलातर्पm सर्वप्रथम हुने महिला अधिकृत क्याडेट करिश्मा प्रधान कुमाललाई "Cane of Honour" प्रदान गर्नु भएको थियो भने विदेशी सेनाबाट सहभागी अधिकृत क्याडेटहरु मध्ये उत्कृष्ट अधिकृत क्याडेट हुन सफल भएका बङ्गलादेशका अधिकृत क्याडेट एम.डि. मनिरुजमान पालसलाई "Khukuri of Honour" प्रदान गर्नु भएको थियो । उक्त तालिममा बङ्गलादेश र केन्याबाट १/१ जना विदेशी अधिकृत क्याडेटहरु सहभागी भएका थिए । २४ महिना अवधिको उक्त तालिममा १२ जना महिला अधिकृत क्याडेट, १०१ जना पुरुष अधिकृत क्याडेट, २ जना विदेशी अधिकृत क्याडेट तथा १८ जना पदिक/हुद्धा अधिकृत क्याडेट गरी जम्मा १३३ जना अधिकृत क्याडेटहरु आजबाट सहायक सेनानीको दर्जामा नियुक्त भएका छन् ।

३. सो अवसरमा नवआयुक्त अधिकृतहरुलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री श्री दाहालले नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र नेपाली जनताको प्रचलित संविधानको रक्षा गर्ने प्रमुख दायित्व र गहन जिम्मेवारी बोकेको नेपाली सेनाको सहायक सेनानी दर्जामा आयुक्त हुने अधिकृतहरुलाई हार्दिक बधाई दिँदै २४ महिनाको निरन्तर तथा अथक प्रयास, दृढ समर्पण र लगन पश्चात अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न गरी नेपाली सेनाको अधिकृत भएको बताउनु भयो । साथै, नेपाली सेनाले संबैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफूलाई एक उत्कृष्ट, व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित र विकसित गरी अनुकरणीय उदाहरण प्रस्तुत गर्दै आईरहेको कुरा समेत नवआयुक्त पद ग्रहण गर्ने अधिकृतहरुलाई बताउनु भयो ।

४. नेपाली सैनिक प्रतिष्ठानको आदर्श वाक्य “ज्ञान सेवा नेतृत्व” अनुरुप प्रशिक्षण दिई सेनाको सुयोग्य, कर्मठ, ईमान्दार, कर्तव्यनिष्ठ र अनुशासित अधिकृतहरु उत्पादन गर्न योगदान दिने शिक्षाधिकृत लगायत सम्पूर्ण अधिकृत, पदिक तथा अन्यदर्जाका शिक्षकहरु साथै वौद्धिक ज्ञान अभिबृद्धि गर्दै शैक्षिक अध्यापनतर्पm निरन्तर रुपमा योगदान पुर्‍याउनु हुने डिन तथा प्राध्यापकहरुलाई समेत सम्माननीय प्रधानमन्त्रीले हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

५. उक्त अवसरमा माननीय रक्षामन्त्री, रक्षा सचिव, पूर्व प्रधान सेनापतिहरु, नेपाली सेनाका रथीबृन्द, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकृतहरु, नेपालस्थित विदेशी कुटनैतिक नियोगका सैनिक सहचारीहरु, नेपाली सैनिक प्रतिष्ठानका पूर्व शिक्षाधिकृत तथा नेपाली सेनाका अधिकृत, पदिक एवं अन्य दर्जाहरुका साथै नवआयुक्त अधिकृतहरुका परिवारजन र संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।