नेपाल–चीन संयुक्त सैन्य तालिम 'Sagarmatha Friendship-2017' सञ्चालन सम्बन्धमा

१. नेपालको परराष्ट्र तथा सुरक्षा नीतिमा आधारित रही नेपाली सेनाले सैनिक सम्बन्ध विस्तार गर्ने क्रममा छिमेकी राष्ट्रहरु लगायत अन्य मित्रराष्ट्रहरुसँग द्धिपक्षीय तथा बहुपक्षीय रुपमा तालिम, सेमिनार तथा अभ्यासहरु मार्फत आफ्नो ज्ञान, सीप तथा अनुभवहरु आदान–प्रदान गरी पेशागत क्षमता अभिबृद्धि गर्दै आएको सर्व विदितै छ । त्यस सन्दर्भमा विपद् व्यवस्थापन लगायत अन्य साझा सरोकार (Common Interest) का विषयवस्तुहरुमा केन्द्रित रही दौत्य सम्बन्ध रहेका विभिन्न देशका सैनिकहरुसँग समय–समयमा संयुक्त तालिम, सेमिनार तथा अभ्यासहरु सञ्चालन गर्दै आएको छ ।

२. छिमेकी तथा अन्य मित्रराष्ट्रको सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरुलाई निरन्तरता दिने क्रममा विश्वको गम्भिर सुरक्षा चुनौतीको रुपमा देखा पर्दै गईरहेको आतंकवादबाट भविश्यमा आउन सक्ने संभावित सुरक्षा चुनौतीलाई मध्यनजर राखी पहिलो पटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग मिति २०७४ बैशाख ३ गतेदेखि ऐ. १२ गतेसम्म नेपाल–चीन विशेष फौज संयुक्त सैन्य तालिम 'Sagarmatha Friendship-2017'  नेपालमा सञ्चालन हुन गईरहेको कुरा अवगत गराउन चाहन्छौं ।

३. दुवै देशका सेनाहरुको आ–आफ्नो अनुभव आदान प्रदान गर्दै पेशागत क्षमता अभिबृद्धिका लागि नियमित रुपमा सञ्चालन हुने यस प्रकारको द्धिपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरुबाट सैनिक ज्ञान तथा पेशागत क्षमता अभिवृद्धि गर्नुको साथै सैनिक तथा कुटनीतिक सम्बन्ध अरु मझबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।