संयुक्त सैन्य तालिम ‘Sagarmatha Friendship-2017’ शुभारम्भ

१. आज मिति २०७४ बैशाख ०३ गतेदेखि नेपाली सेना र मित्रराष्ट्र चिनको जनमुक्ति सेनाको बिशेष फौजहरुबीच पहिलो Nepal-China Special Foreces Joint Trainning 'Sagarmatha Friendship-2017’ को महाराजगञ्जस्थित सैनिक व्यारेकमा व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी श्री विनोद कुमार श्रेष्ठले विशेष कार्यक्रमको बिच शुभारम्भ गर्नु भएको छ ।

२. संयुक्त सैन्य तालिमको शुभारम्भको क्रममा उक्त समारोहलाई सम्बोधन गर्नु हुँदै उपरथी श्री श्रेष्ठले नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बिच प्रथम पटक सञ्चालन हुन गईरहेको संयुक्त सैन्य तालिमले दुबै देशका सेनाको व्यवशायिकता अभिबृद्धि हुनुको साथै मित्रवत सम्बन्धमा नयाँ आयाम थपिने बिश्वास व्यक्त गर्नु भयो ।

३. उक्त कार्यक्रममा चिनियाँ जनमुक्ति सेनाका तर्फबाट Colonel YANG Shumeng ले मन्तव्य व्यक्त गर्ने क्रममा नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बिचको महत्वपूर्ण पारस्परिक ऐतिहासिक सम्बन्धबारे उल्लेख गर्नु हुँदै यस प्रकारको संयुक्त सैन्य तालिमबाट प्रतिआतंकबाद कारवाहीको क्षमतामा अभिबृद्धि हुने र दुई देशको आपसी सम्बन्ध अरु मजबुत हुने विश्वास व्यक्त गर्नु भयो ।

४. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, नेपालका लागि चिनियाँ सैनिक सहचारी तथा दुवै देशबाट उक्त संयुक्त सैन्य तालिममा सहभागी शिक्षक तथा शिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।