सैनिक कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ

१. नेपाली सेनाको शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आज मिति २०७४ बैशाख ०४ गते सि.सं.२४ कमाण्ड तथा स्टाफ तालिमको बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच तालिमको शुभारम्भ गर्नुभएको छ ।

२. उक्त कार्यक्रममा बलाध्यक्ष रथी श्री थापाले स्टाफ कलेज तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुलाई तालिमको सफलताको कामना गर्नुहुँदै उक्त तालिमले जटिल तथा चुनौतीपूर्ण सुरक्षा अवस्थाहरुको मूल्याङ्कन गर्न, योजना बनाउन र कार्यान्वयन गर्ने क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाधिकृत उपरथी श्री देवेन्द्र बहादुर मेधासीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

३. उक्त तालिममा नेपाली सेनाका तर्फबाट ४४ जना सेनानीहरु, नेपाल प्रहरीबाट १ जना प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी बलबाट २ जना सशस्त्र प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १ जना अनुसन्धान अधिकृतलगायत मित्रराष्ट्र बङ्गलादेश, भारत, मलेशिया, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाका १÷१ जना र मित्रराष्ट्र चीनका २ जना गरी जम्मा ५८ जना शिक्षार्थीहरु उक्त तालिममा सहभागी रहेका छन् । साथै उक्त तालिममा सहभागी विदेशी शिक्षार्थी अधिकृतहरुमा मित्रराष्ट्र दक्षिण कोरिया र माल्दिभ्सबाट पहिलो पटक सहभागी भएका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न सञ्चालन गरिने महत्वपूर्ण तालिम हो ।

४. उक्त कार्यक्रममा नेपाल सिभिल स्टाफ कलेजका कार्यकारी अधिकृत पुण्य प्रसाद न्यौपाने, त्रि.वि.मानविकी संकायका डिन प्रो.डा.शिवलाल भूषाल, नेपाली सेनाका रथीवृन्द, पूर्व शिक्षाधिकृतहरु, सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थिति रहेको थियो ।