प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७४ बैशाख ०६ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सिन्धुपाल्चोक जिल्लाको चौतारास्थित श्री गोरख बहादुर गण तथा बाह्रविसे स्थित सुरक्षा बेसको निरीक्षण भ्रमण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले उक्त गण र सुरक्षा बेसमा नवनिर्मित भवनहरुको समुद्घाटन गर्नुका साथै स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । सोही अवसरमा वहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्र्थ अनुशासित, संयम एवम् पेशेवर ढङ्गले कटिबद्ध भई लाग्नुपर्नेमा बिशेष जोड दिनु भएको थियो ।

३. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति श्री क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको छ ।