प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक खण्डको शिलान्यास

१. आज मिति २०७४ बैशाख ११ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले गोरखा जिल्लामा नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पहिलो प्राथमिकता (P1) मा पर्ने बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक खण्डको शिलान्यास गर्नु भएको छ । उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द र स्थानीय सचांरकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

२. आजै वहाँले कास्की जिल्लाको विजयपुरस्थित श्री पश्चिम पृतना हे.क्वा. तथा अन्तर्गत कपिलवस्तु जिल्लाको गोरुसिंघेस्थित कालीजंग गणको निरीक्षण भ्रमण गर्नुभएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले उक्त पृतना तथा गणको अपरेशनल रेडिनेस, तालिम लगायत बन्दोबस्तीका विविध पक्षहरुको स्थलगत निरिक्षण गर्नु भएको थियो । सोही अवसरमा वहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हित रक्षार्र्थ अनुशासित, संयम एवम् पेसेवर ढङ्गले कटिबद्ध भई लाग्न निर्देशन दिनु भएको थियो ।