संयुक्त सैन्य तालिम ‘Sagarmatha Friendship-2017’ समापन

१. नेपाली सेना र मित्रराष्ट्र चिनको जनमुक्ति सेनाको बिशेष फौजहरुबीच मिति २०७४ बैशाख ३ गतेबाट सञ्चालन भएको Nepal-China Special Forces Joint Training 'Sagarmatha Friendship-2017’ को महाराजगञ्ज स्थित सैनिक व्यारेकमा आज मिति २०७४ बैशाख १२ गते वलाधिकृत रथी श्री वलदेव राज महतले विशेष कार्यक्रमको बिच समापन गर्नु भएको छ ।

२. संयुक्त सैन्य तालिमको समापनको क्रममा उक्त समारोहलाई सम्बोधन गर्नु हुँदै वलाधिकृत रथी श्री महतले नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बिच प्रथम पटक सञ्चालन भएको संयुक्त सैन्य तालिमले दुवै देशका विशेष फौजको प्रतिआतंकवाद कारवाही सम्बन्धी अनुभवहरु आदान–प्रदान भई भविश्यमा आई पर्ने चुनौतीहरुको सामना गर्न थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । साथै उहांले दुवै देशका सहभागीहरुले तालिमको दौरान प्रदर्शन गर्नु भएकोे उच्च स्तरको पेशागत दक्षता र तालिम प्रतिको उत्साहको प्रशंसा गर्नु भएको थियो ।

३. संयुक्त सैन्य तालिमको निरीक्षकको रुपमा आउनु भएका चिनियाँ जनमुक्ति सेनाका Major General ZHANG JIANGANG ले समापन समारोहलाई सम्बोधन गर्नु हुँदै संयुक्त सैन्य तालिम सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा दुवै देशका सहभागी फौजलाई बधाई दिँदै यस प्रकारका संयुक्त सैन्य तालिमहरुले दुई पक्षीय सैनिक सम्बन्ध अरु सुमधुर पार्न सहयोग पुग्नुको साथै दुई देशको सम्बन्धमा नयाँ आयाम थपिएको कुरा व्यक्त गर्नु भयो ।

४. तालिमको समापन हुनु अघि संयुक्त सैन्य तालिममा सहभागी दुवै देशका फौजले  संयुक्त प्रदर्शन गरेको होस्टेज रेस्क्युमा आधारित प्रतिआतंकवाद सम्बन्धी कारवाहीहरुको प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री तथा नेपालका लागि चिनियाँ राजदुत थ्ग  ज्यलन ले अवलोकन गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, नेपालका लागि चिनियाँ सैनिक सहचारी तथा दुवै देशबाट तालिममा सहभागी शिक्षक तथा शिक्षार्थीहरुको उपस्थिती रहेको थियो ।