चिनियाँ सेनाका General नेपालको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको औपचारिक निमन्त्रणामा मिति २०६७ चैत्र ०९ गतेदेखि नेपालको भ्रमणमा रहनु भएका चिनियाँ सेनाका General Chen Bingde, Member of the Central Military Commission, the People's Republic of China and the Chief of General Staff, People's Liberation Army तथा उहाँको भ्रमण दल आज मिति २०६७ चैत्र ११ गते अपरान्ह स्वदेश फिर्ता भयो । २. चिनियाँ सेनाका General Chen Bingde सहितको भ्रमण दललाई बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक बिदाई गर्नु भयो । सो अवसरमा काठमाडौंस्थित चिनिया सैनिक सहचारी तथा नेपाली सेनाका उच्च पदस्थ अधिकृतहरुको उपस्थिति रहेको थियो ।