प्रधान सेनापतिद्वारा ‘लघु चलचित्र प्रतियोगिता–२०७३’ का उत्कृष्ट लघु चलचित्रहरु तथा ‘सिपाही वार्षिक’ र ‘शिवपुरी जर्नल’ का उत्कृष्ट लेखकहरुलाई पुरस्कार वितरण

१. नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता २०७३” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुलाई आज मिति २०७४ बैशाख २२ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले जङ्गी अड्डास्थित सभामण्डपमा आयोजित एक विशेष समारोहका बीच पुरस्कार वितरण गर्नु भएको छ ।

२. “लघु चलचित्र प्रतियोगिता २०७३” मा प्रथम हुने दिनेश कुमार प्रजापतिकोे लघु चलचित्र ‘चण्डिका’, द्वितीय हुने कृष्ण शरण बुढाथोकीको लघु चलचित्र ‘कल अफ डियुटी’ र तृतीय हुने सागर अर्यालको लघु चलचित्र ‘प्रेरणा’ लाई क्रमश रु.२,००,०००।–, रु.१,५०,०००।– र रु.१,००,०००।– नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरिएको थियो । साथै प्रतियोगितामा चौथो हुने राजेश श्रेष्ठको लघु चलचित्र ‘द युनिफर्म’ र पाचौं हुने आर्यन नकमीको लघु चलचित्र ‘समय’ लाई सान्त्वना पुरस्कार स्वरुप जनही रु.२५,०००।— र प्रशंसा–पत्र प्रदान गरिएको थियो । साथै प्रतियोगीताका सम्पुर्ण प्रतियोगीहरुलाई प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।

३. सोही अवसरमा नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही वार्षिक २०७३” तथा “शिवपुरी जर्नल–२०१६” मा प्रकाशित लेखहरु मध्ये प्रथम हुने प्रमुख सेनानी श्री रञ्जित थापाको सिपाही वार्षिकमा प्रकाशित 'Trust towards Profession: Infusing Ethical Values in the Officer Corps', द्वितीय हुने प्रमुख सेनानी पदम बहादुर बुढाको सिपाही वार्षिकमा प्रकाशित 'Hybrid Warfare' र तृतीय हुने महा सेनानी पदम बहादुर सिंह ठकुरीको शिवपुरी जर्नलमा प्रकाशित 'Critical Analysis of Officers' Training in the Nepalese Army' शीर्षकका लेखहरुलाई शिल्ड, कदर(पत्र तथा नगद पुरस्कार क्रमशः रु.५०,०००।–, रु.२५,०००।– र रु.१५,०००।– प्रदान गरिएको थियो भने अन्य ७ जना लेखकहरुलाई सान्त्वना पुरस्कार स्वरुप जनही नगद रु.१०,०००।– तथा कदर(पत्र प्रदान गरिएको थियो ।

४. उक्त अवसरमा लघु चलचित्र प्रतियोगिताका निर्णायक मण्डल र लेख रचनाका निर्णायक मण्डललाई प्रशंसा–पत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । सो समारोहमा पूर्व प्रधान सेनापति, जंगी अड्डाका रथीबृन्द, प्राज्ञहरु, संचारगृहका प्रबद्र्धक र सम्पादकहरु, चलचित्रकर्मी कलाकार तथा श्रष्टाहरु र उल्लेख्य संख्यामा संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

५. प्रत्येक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको लघु चलचित्र प्रतियोगितामा विभिन्न विषयबस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्दै आईरहेको छ । यस किसिमको प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्रहरु उत्पादन गर्नमा उल्लेखनीय भूमिका खेल्ने एवं नेपाली चलचित्र क्षेत्रमा अग्रसर, स्थापित र नवप्रवेशी कलाकार र चलचित्र निर्माताहरुलाई चलचित्र निर्माण गर्न प्रोत्साहित गर्नुको साथै नेपालको कला, संस्कृति र पहिचानलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।