प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण सम्बन्धमा

१. नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड अन्तर्गत United States Army Pacific (USARPAC) का Commanding General, Gen Robert B. Brown को औपचारिक निमन्त्रणामा ४ सदस्यीय भ्रमणदल सहित मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा मिति २०७४ जेष्ठ ०३ गते प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।

२. यस भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीद्वारा USPACOM अन्तर्गतका फर्मेशनहरुको भ्रमणको दौरान जेष्ठ ५ गते (19 May 2017) USARPAC को Commanding General, Gen Robert B. Brown तथा 25th Infantry Division का Commanding General, Maj Gen Christopher G. Cavoli सँग औपचारिक भेटघाट गर्नुको साथै आपसी हितका विषयमा अन्तरक्रिया गर्नु हुने छ । यसै क्रममा अमेरिकी सेनाका विभिन्न ईकाईहरुद्वारा प्रस्तुत हुने व्रिफिङ्ग तथा सैनिक कला प्रदर्शनीको समेत अवलोकन गर्नु हुने छ ।

३.  त्यसैगरि, प्रधान सेनापति महारथी क्षत्रीद्वारा जेष्ठ ८ गते (22 May 2017) Pacific Air Force (PACAF) Commander Lt Gen Terrence J. O'Shaughnessy, Marine Force Pacific (MARFORPAC) Commander Lt Gen David H. Berger, Special Operations Command (SOCPAC) Commander Maj Gen Daniel Yoo तथा USPACOM Commander Admiral Harry B Harris, Jr (US Navy) सँग पनि भेटघाट तथा आपसी हितका विषयमा छलफल गर्नु हुने छ ।

४. भ्रमणको दौरान  जेष्ठ ९ गते (23 May 2017) महारथी क्षत्रीले होनोलुलु हवाईमा संचालन हुने "The 2017 Land Forces of the Pacific (LANPAC) Conference को समुद्घाटन कार्यक्रममा सहभागि हुनु भई उक्त Conference मा Asia Pacific Region सम्बन्धी "Assessment of the Theater" विषयमा संवोधन गर्नु हुने छ । सो संवोधनको क्रममा महारथी क्षत्रीले Emerging Global Terrorism, Humanitarian Assistance and Disaster Response (HADR) तथा Military to Military Cooperation विषयमा चर्चा गर्नु हुने छ ।

५. यस किसिमको उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट दुई देश बिच लामो समयदेखि रहदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनको साथै नेपाली सेना तथा अमेरिकी सेना बिचको आपसी सहयोग तथा सदभाव अरु प्रगाढ हुन जाने नेपाली सेनाले विश्वास लिएको छ । यस भ्रमणदलमा प्रधान सेनापतिकी धर्मपत्नी श्रीमती रीता क्षत्री, स्टाफ अधिकृतद्वय प्र.से.अर्जुन बस्नेत तथा सेनानी पूजा कार्की रहनु हुने छ ।

६. उक्त अवधिभर प्रधान सेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री वलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । सो भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री मिति २०७४ जेठ १२ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।