प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री औपचारिक भ्रमणको सिलसिलामा मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड अन्तर्गत United States Army Pacific (USARPAC) का Commanding General, Gen Robert B. Brown को औपचारिक निमन्त्रणामा ४ सदस्यीय भ्रमणदल सहित आज २०७४ जेष्ठ ०३ गते थाई एयरवेजको विमान मार्फत औपचारिक भ्रमणको लागि अमेरिका प्रस्थान गर्नु भएको छ ।

२. प्रधान सेनापति श्री क्षत्रीलार्ई बलाधिकृत रथी श्री वलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । यसअघि प्रधान सेनापति महारथी श्री क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।