सम्माननीय प्रधानमन्त्रीद्वारा काठमाण्डौं–तराई/मधेश दु्रतमार्गको शिलान्यास

१. आज मिति २०७४ जेठ १४ गते सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले बाराको निजगढमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रिय गौरवको आयोजना काठमाडौं– तराई/मधेश दु्रतमार्गको स्तभ अनावरण गर्दै शिलान्यास गर्नु भएको छ ।

२. द्रुर्तमार्गको शिलान्यासको क्रममा सम्बोधन गर्नु हुँदै सम्माननीय प्रधानमन्त्री श्री  पुष्पकमल दाहालले काठमाडौं–तराई÷मधेश दु्रतमार्ग निर्माणले पहाड र मधेशलाई आर्थिक र भौतिक रुपमा मात्र नभई मनोवैज्ञानिक रुपमा समेत निकट बनाउने बताउनु हुँदै उक्त द्रुतमार्गले देशको समृद्धि र समुन्नितको ढोका खोल्ने व्यक्त गर्नु भयो । सो कार्यक्रममा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रमेश लेखक र माननीय रक्षामन्त्री श्री बालकृष्ण खाणले सम्बोधन गर्नु हुँदै विगतमा नेपाली सेनाले राष्ट्र विकासमा प्रदर्शन गरेको सिप तथा दक्षताको प्रशंसा गर्दै समयमा नै गुणस्तरीय र सुरक्षित दु्रतमार्गको निर्माण कार्य नेपाली सेनाले समयमा नै सम्पन्न गर्ने पूर्ण भरोसा र विश्वास व्यक्त गर्नु भयो ।

३. उक्त कार्यक्रममा धन्यवाद मन्तव्य दिनु हुँदै प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले राष्ट्रिय गरिमा तथा देशको आर्थिक एवं सामरिक महत्व बोकेको यस दू्रतमार्गको निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई सूम्पिईएकोमा गौरव महशुस भएको व्यक्त गर्नु हुँदै दिएको जिम्मेवारी सम्पन्न गर्न नेपाली सेना दृढ रहेको व्यक्त गर्नु भयो ।

४. कार्यक्रमको प्रारम्भमा द्रुतमार्ग निर्माण आयोजना व्यवस्थापनको अधिकार सम्पन्न निर्देशक समितिका अध्यक्ष बलाध्यक्ष रथी श्री पूर्ण चन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गर्नु हुँदै सम्पूर्ण नेपालीको चासो र गौरवको यस आयोजनाले राष्ट्रको आर्थिक विकासको ढोका खोल्ने बताउनु हुँदै यस सडक निर्माणबाट नेपाली सेनाको व्यवसायिकतामा प्रतिकुल प्रभाव नपर्ने र जनतासँगको पहुच अझ बृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । सो कार्यक्रमको क्रममा दु्रतमार्ग निर्माण आयोजनका प्रमुख प्राविधिक उपरथी श्री योगेन्द्र खाणले उक्त आयोजनाका विभिन्न प्राविधक पक्षहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

५. उक्त शिलान्यास समारोहमा माननीय वन तथा भू–संरक्षण मन्त्री, माननीय भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष, राष्ट्रिय योजना आयोगका माननीय सदस्य, प्रधान सेनापति, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा कार्यालयहरुको पदाधिकारीहरु, नेपाली सेनाका रथीबृन्द, विभिन्न मिडियाका सञ्चारकर्मी तथा सर्वसारधणहरुको उपस्थिती रहेको थियो ।