नेपाली सेना भू.पू. सैनिक सम्मेलन (पश्चिमाञ्चल–बुटवल)–२०७४ सम्पन्न

१. मिति २०७४ जेठ १४ गतेदेखि बुटवलस्थित रामनगर व्यारेकमा सञ्चालन भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन (पश्चिमाञ्चल–बुटवल)— २०७४ को आज मिति २०७४ जेठ १७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा एक विशेष समारोहका बीच सम्पन्न भएको छ ।

२. नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सो सम्मेलनमा पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतको छ वटा जिल्ला (पाल्पा, नवलपरासी, अर्घाखाँची, गुल्मी, रुपन्देही र कपिलवस्तु) का करिव दुई हजार पाँचसय जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनहरुको उपस्थिति रहेको थियो । त्यसैगरि, उक्त सम्मेलनको क्रममा मिति २०७४ जेठ १४ गतेबाट ऐ. १६ गतेसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा भूतपूर्व, वहालवाला सैनिक तथा तीनका परिवार र गैर सैनिक व्यक्तिहरु समेत गरी करिव एक हजार तीन सय छपन्न जनालाई स्वास्थ्य उपचार तथा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

३. सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वाेत्कृष्ट व्यवसायीहरुलाई पं्रशसा पत्र एवम् पुरस्कार वितरण भएको थियो भने अशक्त भूतपूर्व सैनिक र वहाँहरुका अशक्त परिवारलाई व्हिल चियर वितरण तथा पश्चिमाञ्चल विकास क्षेत्रको ज्येष्ठ भूतपूर्व सैनिक एवं निवृत्तिभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्ये ज्येष्ठ महिलालाई अभिनन्दनसमेत गरिएको थियो ।

४. सम्मेलनकै क्रममा पश्चिम पृतना हे.क्वा. अन्तर्गतका युनिटहरुले स्थान बिशेषको झाँकी, खुकुरी ड्रिल तथा पि.टी. प्रदर्शन गर्नुको साथै नेपाली सेनाको सैनिक व्याण्डले आफ्नो कला समेत प्रदर्शन गरेको थियो । साथै भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहनु भएका महिलाहरुले प्ले कार्ड सहितको मार्च पाष्ट तथा लङ्गमार्च प्रदर्शन गर्नुभएको थियो ।

५. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यही जेठ १६ गते बाजुरामा भएको विमान दुर्घटनामा परी दिवांगत हुनु भएका पाईलट महा सेनानी स्व.कैलाश गुरुङ्गको मृत आत्माको चिरशान्तिको कामना गर्नुको साथै घाईतेहरुको शिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । सम्बोधनकै क्रममा वहाँले भूतपूर्व सैनिकहरुको त्याग र योगदानको समेत प्रंशसा गर्नु भएको थियो ।

६. उक्त कार्यक्रममा बोर्डका कार्यकारी अधिकृत रथी श्री चित्र बहादुर गुरुङ्ग (अ.प्रा.) ले स्वागत मन्तव्य राख्नु भएको थियो भने भूतपूर्व सैनिकहरुको तर्फबाट उपरथी श्री नर बहादुर कँडेल (अ.प्रा.) ले धन्यवाद मन्तव्य राख्नु भएको थियो । त्यसैगरी, बलाधिकृत रथी श्री बलदेवराज महतले समापन मन्तव्य राख्नु भई सम्मेलनको समापन गर्नु भएको थियो । कार्यक्रम पश्चात् प्रधान सेनापति श्री क्षत्रीले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सम्मलेनमा सहभागी हुनुभएकाहरुसँग सामूहिक छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।

७. सोही क्रममा प्रधान सेनापति श्री क्षत्रीले बुटवलमा नवनिर्मित रिपुमर्दनी पेट्रोल पम्पको समेत समुद्घाटन गर्नु भएको थियो ।

८. उक्त सम्मेलनमा नेपाली सेनाका रथीवृन्द, प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकाय प्रमुखहरु, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, कल्याणकारी बोर्डका पदाधिकारीहरु, सञ्चारकर्मीलगायत नेपाली सेनाको बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारजनहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।