पाइलट महा सेनानी स्व. कैलाश गुरुङ्गको उच्च सैनिक सम्मानका साथ अन्त्येष्टि

१. यही मिति २०७४ जेष्ठ १६ गते बाजुराको कोल्टीमा आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको नेपाली सेनाको एन.ए ०४८ स्काइ ट्रक जहाजमा परी कर्तव्यपालनाका क्रममा दिवंगत हुनुभएका पाइलट महा सेनानी स्वर्गीय कैलाश गुरुङको आज मिति २०७४ जेठ १९ गते पशुपति आर्यघाटमा उच्च सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ । सो क्रममा सैनिक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।

२. अन्त्येष्टिका क्रममा माननीय रक्षामन्त्री श्री बालकृष्ण खांड र प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले पार्थिव शरीरमा फूलमाला अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थियो । यसैगरि, पूर्व प्रधान सेनापति, बहालवाला तथा अवकाशप्राप्त रथीवृन्द, अधिकृत, पदीक, स्वर्गीय गुरुङका परिवारजन र आफन्तहरु तथा शुभेच्छुकहरुले फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । अन्त्येष्टिका क्रममा पश्ुपतीस्थित आर्यघाटमा सैनिक र गैरसैनिक नागरिकहरुको उल्लेख्य उपस्थिती रहेको थियो भने महा सेनानी स्व गुरुङले पु¥याएको योगदानको चर्चा समेत गरिएको थियो ।

३. वि.सं. २०४६ साल वैशाख ११ गते अधिकृत क्याडेटका रुपमा सैनिक सेवामा प्रवेश गर्नुभएका महा सेनानी स्व. गुरुङले नेपाली सेनाको एक कुशल पाइलटका रुपमा सैनिक हवाई सेवा विस्तार र सैनिक उडानमा विशिष्ट योगदान पुर्‍याउनुभएको छ । उहांले मित्रराष्ट्र अमेरिकाबाट CPL (Commercial Pilot License) साथै एभिएसन कै सबै भन्दा ठूलो मानिने Air Transport Pilot License (ATPL) समेत मित्रराष्ट्र अमेरिकाबाट हासिल गर्नु भएको थियो । भई श्री सैनिक हवाई महानिर्देशनालयमा करिव २८ वर्ष सेवा पुर्‍याउनुभएको थियो ।

४. एक कर्मठ सैनिक अधिकृतको अलावा उहां ख्यातीप्राप्त गीतकार÷गायककार तथा समाजसेवी समेत हुनुहुन्थ्यो । बहुप्रतिभाका धनी स्वर्गीय गुरुङले जनप्रशासन र इतिहास विषयमा स्नातकोत्तर गर्नु भएको थियो उहांका ‘रक्षकको गीत’ (गीतमाला) लेख संग्रह, कावेरी लेख संग्रह, अर्पण (गीति एल्बम), Odes From The Himalayas'(Collection of Songs)  कृति र गितीसंग्रहरु प्रकाशित छन् । भोजपूर जिल्लाको छिनामखू गा.बि.स. ४ मा वि.सं. २०२७ साल पुष १४ गते जन्मनुभएका महा सेनानी स्वर्गीय गुरुङको एक श्रीमती र दुई छोरीहरु छन् ।

५. पाइलट महा सेनानी स्व. कैलाश गुरुङ्गले सैनिक सेवामा रही राष्ट्रलाई अत्यन्तै सह्रानीय योगदान गर्नुभएको थियो । उहां नेपाली सेनाको एक सुयोग्य, साहसी र कर्तव्यनिष्ट अधिकृत हुनुहुन्थ्यो । महा सेनानी स्व. कैलाश गुरुङले राष्ट्रलाई पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै मृत आत्माको चीरशान्तिको कामनासहित नेपाली सेना भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, यस दुखद घडीमा शोक शन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना सहित गहिरो समवेदना प्रकट गर्दछौं ।