प्रधानसेनापति महारथी श्री गुरुङ्ग संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा प्रस्थान

१. प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्ग अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा आज मिति २०६७ चैत्र १२ गते अपरान्ह त्यसतर्फ प्रस्थान गर्नुभयो । २. अमेरिका प्रस्थान गर्नुपूर्व प्रधानसेनापति महारथी श्री गुरुङ्गलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति बिशिष्ट कक्षमा बलाध्यक्ष रथी श्री तोरण जंग बहादुर सिंहले हार्दिक विदाई गर्नुभयो । सो अवसरमा अमेरिकी महामहिम राजदुत Scott H. DeLisi, नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित विदेशी सैनिक सहचारीहरुको समेत उपस्थिति रहेको थियो । ३. भ्रमणको क्रममा महारथी श्री गुरुङ्ग निम्न कार्यक्रमहरुमा सरिक हुनु हुनेछ । (क) मिति २०६७ चैत्र २१ गते पेन्टागनमा महारथी श्री गुरुङ्ग अमेरिकी सेनाका प्रमुख General George W.Casey, Jr. Chief of Staff of the USA Army तथा Lt. Gen Charles H Jacoby, Jr. Director Strategic Plans and Policy सँग भेटघाट कार्यक्रम रहेको छ । (ख) ऐ.२४ गते उहाँ Command & Staff College, Fort Leaverworth, Kansas मा आयोजित Hall of Fame Induction Ceremony मा सरिक हुनु हुनेछ । स्मरण रहोस्, महारथी गुरुङ्गले सन् १९८५/८६ मा सोहि संस्थानबाट Command & General Staff Course गर्नु भएको थियो र उक्त कोर्समा अमेरिकी शिक्षार्थीहरुको अतिरिक्त ६२ ओटा मुलुकका ९९ जना विदेशी शिक्षार्थी (International Officers)हरु सहभागी थिए । जुन कोर्सबाट Hall of Fame मा Induction हुने प्रधान सेनापति महारथी गुरुङ्ग पाँचौ व्यक्तित्व हुनु हुन्छ । (ग) ऐ.२५ गते महारथी श्री गुरुङ्गको Mr Robert Scher, Deputy Assistant Secretary of Defense for Southeast Asia / Mr Derek Mitchell, Principle Deputy Assistant Secretary of Defense for Asian & Pacific Security Affairs संग पेन्टागनमा भेट्ने कार्यक्रम रहेको छ । सोहि दिन Department of State मा Dr. Alyssa Ayres, Deputy Assistant Secretary for South and Central Asia संग भेटघाटको कार्यक्रम रहेको छ । (घ) संयुक्त राज्य अमेरिका भ्रमणकै सिलसिलामा मिति २०६७ चैत्र १७ र १८ गते महारथी श्री गुरुङ्ग संयुक्त राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च पदस्थ पदाधिकारीहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा समेत सरिक हुनु हुनेछ । ४. उहाँको अनुपस्थितीमा बलाध्यक्ष रथी श्री सिंहले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । ५. प्रधानसेनापति महारथी श्री गुरुङ्गको साथमा उहाँकी धर्मपत्नी श्रीमती कमला गुरुङ्ग र एकजना स्टाफ अधिकृत सम्मिलित हुनुहुन्छ । भ्रमण समाप्त गरी उहाँहरु मिति २०६७ चैत्र २७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।