मित्रराष्ट्र बंगलादेशका सेना प्रमुखद्वारा नेपाल भ्रमण

१. नेपाली सेनाका प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र बंगलादेशका सेना प्रमुख General Abu Belal  Muhammad Shafiul Huq, SPB, ndc, psc ५ दिने औपचारिक भ्रमणको सिलसिलामा आज मिति २०७३ जेठ २३ गते काठमाण्डौं आउनु भएको छ ।

२. Abu Belal Muhammad Shafiul Huq लाई उपरथी श्री पूर्ण बहादुर सिलवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।

३. भ्रमणको क्रममा वहाँले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी, सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री तथा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग छुट्टा–छुट्टै भेट्ने कार्यक्रम रहेको छ ।

४. भम्रणको दौरान वहाँले नेपाली सेनाको पोखरा स्थित पश्चिम पृतना हे.क्वा. तथा विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण भ्रमण गर्नुको साथै नेपालको केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ ।

५. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् बृहत्तर हुन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।