प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण

१. आज मिति २०७४ जेठ २७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले धनुषा जिल्लास्थित श्री आर्टिलरी तालिम शिक्षालय तथा श्री हवाई सुरक्षा तालिम शिक्षालय र मकवानपुर जिल्लाको हेटौडास्थित श्री मध्य पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नुभएको छ ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले धनुषा जिल्लास्थित भिमानमा श्री नं.१६ बाहिनी अड्डा अन्तर्गतका हवाई सुरक्षा युनिटहरुद्वारा प्रदर्शन गरिएको हवाई प्रतिरक्षा फिल्ड फायरिङ्गको निरीक्षण गर्नुभएको थियो ।

३. नेपाली सेनाको तालिमलाई प्रभावकारी र असरदार बनाउँदै सकलदर्जाको पेशागत दक्षता अभिबृद्धि गर्ने उद्देश्य अनुरुप सञ्चालित उक्त फायरिङ्ग अभ्यास निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले सकलदर्जालाई सम्बोधन समेत गर्नु भएको थियो । निरीक्षण कै क्रममा वहाँले उक्त तालिम शिक्षालयहरुको अवलोकन तथा स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभएको थियो ।

४. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनुभएको छ ।