MONUSCO मिशन कङ्गोमा नेपाली शान्ति सैनिक तथा विद्रोही बीच झडप

१. अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यको लागि संयुक्त राष्ट्र संघ अन्तर्गत MONUSCO मिशन कङ्गोमा कार्यरत नेपाली सेनाको शम्शेरदल गण (शा.से २३ औं डफ्फा) को सैनिक गस्ती माथि स्थानिय विद्रोही समूह माई माईद्वारा भएको आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाको २ जवान घाईते भएका छन् । विद्रोही तर्फ नेपाली शान्ति सैनिकले प्रहार गरेको गोली लागि ५ जना विद्रोहीको मृत्यु भएको छ । उक्त घटनामा विद्रोहीबाट बरामद भएका एके–४७ राईफल २ र सो को एम्युनिशन ५० राउण्ड कंगोको राष्ट्रिय सेना FARDC लाई बुझाइएको छ ।

२. गण हे.क्वा. बेनीबाट करिब २२ कि.मी. टाढा कवास भन्ने स्थानमा भएको उक्त झडपमा घाईते भएका नेपाली शान्ति सैनिकहरुको कंगोको गोमास्थित यु.एन.को लेवल ३ अस्पतालमा उपचार भई रहेका र उनीहरुको स्वास्थ्य स्थिति सामान्य रहेको छ । साथै, हाल उक्त स्थानको स्थिति नियन्त्रणमा रहेको छ ।