प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा विभिन्न अलङ्कार तथा पदकहरु प्रदान

१. विभिन्न प्रशंसनिय कार्य गरी राष्ट्रलाई गर्नु भएको योगदानको कदर स्वरुप गत २०७३ सालमा नेपाल सरकारद्वारा नेपाली सेनाका रथीवृन्द, अधिकृत, अन्यदर्जा तथा कर्तव्य पालनाको सिलसिलामा वीरगत प्राप्त सकलदर्जालाई प्रदान भएको विभूषण, अलङ्कार तथा पदकहरु आज मिति २०७४ असार ७ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले जङ्गी अड्डामा आयोजित विशेष समारोहका बीच प्रदान गर्नु भएको छ ।

२. प्रधान सेनापतिले सोही अवसरमा २०७२ सालमा आएको विनासकारी भूकम्प पश्चात उद्दार कार्यको सिलसिलामा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा परि दिवंगत हुनु भएका अमेरिकी सैनिकहरुलाई उहाँहरुको अतुलनिय योगदानको कदर स्वरुप नेपाल सरकारबाट प्रदान भएको ‘वीरता पदक’ काठमाण्डौस्थित अमेरिकी सैनिक सहचारी Lt Col Gregory D. Pipes लाई प्रदान गर्नु भएको छ । सिन्धुपाल्चोक जिल्लामा भएको हेलिकप्टर दुर्घटनामा परि अमेरिकी सेनाका Pilot Capt Christopher L Norgren, Capt Dustin Lukasiexicz, Sgt Ward Johnson, Sgt Eric Seaman, Cpl Sara Medina, T/Sgt Sean Micheal Barton र नेपाली सेनाका तत्कालिन सह सेनानी तपेन्द्र बहादुर रावल र जमदार बसन्त बहादुर तितराले वीरगति प्राप्त गरेका थिए ।