बलाधिकृतज्यूबाट शान्ति स्थापनार्थ खट्टिई जाने फौजको निरीक्षण तथा सम्बोधन

१. आज मिति २०७४ असार ११ गते बलाधिकृत रथी श्री बलदेव राज महतले संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ MONUSCO Mission, Democratic Republic of Congo  मा तैनाथ हुन जाने श्री श्रीमेहर गण (शा.से.) २४ औं डफ्फा (नफ्री ८५०) र नं. २१ फिल्ड गुल्म    (शा.से.) २१ औं डफ्फा (नफ्री १६७) द्वारा पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा प्रस्तुत गरेको Pre-Deployment तालिमको निरीक्षण, तथा उक्त मिशनमा भाग लिन जाने शान्ति सैनिकहरुलाई सम्बोधन सहित तालिमको समापन गर्नु भयो ।

२. उक्त अवसरमा बलाधिकृत रथी श्री महतले नेपाली सेनाका परमसेनाधिपति सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको शुभकामना सन्देश पढेर सुनाउनु भएको थियो । नेपाली सेना आफ्नो देशमा मात्रै नभई विदेशमा समेत द्धन्द्धरत स्थलहरुमा शान्ति सु–व्यवस्था कायम गर्न उच्च हौसलाका साथ संलग्न रहेको बताउनु भएको थियो । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना गर्ने पवित्र र महान कार्यमा सहभागी हुन श्री श्रीमेहर गण तथा श्री नं. २१ फिल्ड गुल्ममा सम्मिलित भई जाने तपाईहरुले विगतमा हाम्रा विर सैनिकहरुले आर्जेको नेपाल र नेपालीहरुको छवि उच्च राख्ने प्रण गर्दै शान्ति स्थापना गर्ने कार्यमा निष्ठा र ईमान्दारीताका साथ समर्पित हुनु हुनेछ भन्ने कुरामा विश्वस्त रहेको बताउनु भएको थियो । वहाँको सन्देशमा नेपाल सरकारको परराष्ट्र नीतिलाई व्यवहारिक रुपमा प्रभावकारी बनाई नेपाल र नेपालीको मान, सम्मान र छविलाई विश्व जनसमुदाय र विश्व परिबेशमा उच्च राख्न नेपाली सेनाबाट आजसम्म भएको योगदान प्रति हामी सबै नेपालीहरुले गौरब गर्न सक्ने कुरा समेत उल्लेख रहेको थियो ।

३. कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै बलाधिकृत रथी श्री महतले नेपाली सेनाको उच्च अनुशासन, अटल बफादारी, कार्य दक्षता तथा शान्ति कार्य प्रतिको प्रतिवद्धतालाई मनन गरी संयुक्त राष्ट्रसंघले नेपाली सेनालाई विभिन्न मिशनमा सहभागी हुन आव्हान गरे अनुरुप शान्ति स्थापना गर्ने जस्तो पवित्र कार्यमा खट्टिई आप्mनो कार्यक्षेत्रतर्फ जाने तयारीमा रहेको उक्त टोलीलाई कार्य सफलताको शुभकामना व्यक्त गर्नुहुंदै MONUSCO Mission चुनौतीपूर्ण भएको हुँदा संयुक्त राष्ट्रसंघ र नेपाली सेनाले दिएको जिम्मेवारी तथा निर्देशनलाई पूर्ण रुपमा पालना गर्दै काम गर्न निर्देशन दिनुभयो ।

४. सोही अवसरमा बलाधिकृत रथी श्री महतले नेपाली सेनाको प्रतिष्ठा बढाउन तथा शान्ति स्थापना कार्यको प्राप्त जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न मानव अधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, गैर सैनिक व्यक्तिको सुरक्षा जस्ता विषयहरुलाइै सदैव आत्मसाथ गरी पेशागत रुपमा दक्ष, निश्वार्थ भावनाले प्रेरित, अनुशासित र कर्मठ रही काम गर्न आवश्यक रहेको कुरा बताउनु भएको थियो ।

५. उक्त मिशनमा नेपाली सेनाले वि.सं. २०६० कार्तिक ५ गते फष्ट रैफल गण प्रथम पटक ११३३ को नफ्रीमा तैनाथ भएको थियो । सो मिशनलाई निरन्तरता दिँदै जानेक्रममा हालसम्म २०,०१० जना नेपाली शान्ति सैनिकहरुले उक्त मिशनमा सहभागिता जनाई सकेका छन् ।

६. निरीक्षणको क्रममा बलाधिकृत रथी श्री महतले मिशनमा तैनाथ हुन जाने गण तथा गुल्मले प्रदर्शन गरेको मिशन ईलाकामा आई पर्ने चुनौती र गर्नु पर्ने कार्यहरु सम्बन्धी विभिन्न अभ्यास तथा प्रदर्शनीहरुको समेत अवलोकन गर्नु भएको थियो । उक्त कार्यक्रममा नेपाली सेनाका उच्च पदस्थ अधिकृत, रक्षा मन्त्रालयका पदाधिकारीहरु, पदिक तथा अन्य दर्जाहरुको समेत उपस्थिति रहेको थियो ।