प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्क तथा संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्बन्धमा

१. नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा मिति २०७४ असार २३ गते आयोजना हुने विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशहरु (Troops Contributing Countries-TCC) को दोश्रो Chiefs of Defence Conference तथा मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) का सेनाध्यक्ष (Chief of the General Staff) General Sir Nicholas Patrick Carter KCB CBE DSO ADC Gen को औपचारिक निमन्त्रणामा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको न्यूयोर्क तथा संयुक्त अधिराज्य (बेलायत) को भ्रमणको लागि मिति २०७४ असार १६ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।

२. संयुक्त राष्ट्रसंघ मुख्यालय, न्यूयोर्क भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्री मिति २०७४/३/२३ गते संयुक्त राष्ट्र संघ मुख्यालयमा आयोजना हुने दोश्रो Chiefs of Defence Conference मा सहभागी हुनु हुने छ । उक्त सम्मेलनलाई संयुक्त राष्ट्र संघका महासचिव  Antonio Guterres तथा अन्य बिशिष्ट व्यक्तिहरुबाट सम्बोधन हुने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले Directorate of Peace Keeping Operation का Under Secretory General तथा महासचिवका Military Advisor सँग छुट्टा-छुट्टै भेटघाट गर्नुका साथै संयुक्त राष्ट्रसंघको शान्ति सैनिक मिसन कंगो तथा दक्षिण सुडानका Force Commander हरुसँग समेत छुट्टा-छुट्टै भेटघाट गर्नु हुने कार्यक्रम रहेको छ । उक्त भ्रमण कार्यक्रममा प्रधान सेनापतिको साथमा रक्षा सचिव श्री श्रीधर सापकोटा समेत रहनु हुनेछ ।

३.  संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले मिति २०७४ असार २६ गते मित्रराष्ट्र बेलायतका रक्षामन्त्री  लगायत Chief of Defence Staff संग तथा मिति २०७४ असार २७ गते बेलायती सेनाका प्रमुख Chief of General Staff General Sir Nicholas Patrick Carter सँग छुट्टा-छुट्टै भेटघाट गर्नुको साथै बेलायती सेनाको सैनिक मुख्यालय एवं Regional Command लगायत विभिन्न सैनिक ईकाइहरुको समेत भ्रमण गर्नु हुने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले बेलायती सेनाको Defence Transformation सम्बन्धी जानकारी समेत लिनु हुनेछ । सो भ्रमण अवधीभर प्रधान सेनापति श्री क्षेत्रीको साथमा मध्य पृतनापति उपरथी श्री प्रभुराम शर्मा रहनु हुनेछ ।

४. उक्त भ्रमणमा प्रधान सेनापतिका धर्मपत्नी श्रीमती रीता क्षत्री तथा सह सैनिक सहायक सहितको भ्रमण टोली रहने छ । प्रधान सेनापतिले मिति २०७४ असार १७ गतेबाट ऐ. २१ गतेसम्म घर विदा दिन ५ (पाँच) मित्रराष्ट्र अमेरिकाको बोस्टनमा बिताउनु हुनेछ ।

५. भ्रमणको अवधिभर प्रधान सेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री वलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री मिति २०७४ असार ३१ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको  छ ।

६. यस किसिमको उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट मित्रराष्ट्रहरुसँग लामो समयदेखि रहदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनको साथै नेपाली सेना तथा संयुक्त राष्ट्रसंघ र बेलायती सेना बिचको आपसी सहयोग तथा सदभाव अरु प्रगाढ हुन जाने विश्वास नेपाली सेनाले लिएको छ ।