प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्क तथा संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमणको लागि प्रस्थान

१. नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा मिति २०७४ असार २३ गते आयोजना हुने विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशहरु (Troops Contributing Countries-TCC) को दोश्रो Chiefs of Defence Conference तथा मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) का सेनाध्यक्ष (Chief of the General Staff) General Sir Nicholas Patrick Carter KCB CBE DSO ADC Gen को औपचारिक निमन्त्रणामा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको न्यूयोर्क तथा संयुक्त अधिराज्य (बेलायत) को भ्रमणको लागि आज मिति २०७४ असार १६ गते Etihad Airways को विमान मार्फत संयुक्त राज्य अमेरिका प्रस्थान गर्नु भएको छ ।

२. प्रधान सेनापति श्री क्षत्रीलार्ई बलाधिकृत रथी श्री वलदेव राज महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । यसअघि प्रधान सेनापति महारथी श्री क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द लगायत नेपालस्थित आवासीय सैनिक सहचारीहरुको समेत उपस्थिती रहेको थियो ।