1st COAS International Tri-Marathon Competition-2017 सम्पन्न

१. आज मिति २०७४ असार १७ गते कायम मुकायम प्रधान सेनापति रथी श्री बलदेव राज महतको प्रमुख आतिथ्यमा नेपाली सेनाले आयोजना गरेको 1st COAS International Tri-Marathon Competition-2017 सम्पन्न भएको छ ।

२. विश्व खेल जगतमा दिन प्रतिदिन नयाँ नयाँ साहसिक एवं रोमाञ्चक खेलप्रति खेल प्रेमीहरुको आर्कषण बढ्दै गएको हालको परिप्रेक्ष्यमा नेपालको विविधताले भरिपूर्ण भू-धरातलको अधिकत्म उपयोग गरी विभिन्न मनोरञ्जनात्मक तथा साहसिक खेलहरु सञ्चालन गर्ने क्रममा नेपाली सेनाले धादिङ्ग जिल्लाको बैरेनीदेखि चरौंदीसम्म यो प्रतियोगिता सञ्चालन गरेको हो । उक्त प्रतियोगितामा रनिङ्ग, साईक्लिङ्ग र र्‍याफ्टीङ्ग खेल समावेश गरिएको थियो । कूल जम्मा १२ टिम सहभागि रहेको यस प्रतियोगितामा नेपाली सेनाको त्रिभुबन आर्मी क्लबको २ टिम, सशस्त्र प्रहरी बलको १ टिम र गैर सैनिक क्लबहरुको ४ पुरुष टिम एवं १ महिला टिम गरी जम्मा स्वदेशी ८ टिमहरु र मित्रराष्ट्र बंगलादेशको Arms Forces Team, मित्रराष्ट्र बेलायतको British Gurkhas Team, मित्रराष्ट्र अमेरिकाको Reaper Marines र Vipers Team गरी विदेशी ४ टिमको सहभागिता रहेको थियो । प्रत्येक टिममा ४ जनाका दरले उक्त प्रतियोगितामा जम्मा ४८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

३. उक्त प्रतियोगितामा सहभागी टिमहरु मध्ये प्रथम हुने त्रिभुबन आर्मी क्लबको टिम ‘ए’ लाई कार्यक्रमका प्रमुख अतिथि कायम मुकायम प्रधान सेनापति रथी श्री बलदेव राज महतले ट्रफि, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार रु.१ लाख ५० हजार प्रदान गर्नु भएको थियो भने वंहाले दोस्रो हुने टिम काठमाडौं बाईक स्टेशनलाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार रु.१ लाख प्रदान गर्नु भएको थियो । त्यसैगरि, बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले तेस्रो स्थान हासिल गर्ने नेपाली सेनाको त्रिभुबन आर्मी क्लब टिम ‘बी’ लाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार रु.७५ हजार वितरण गर्नुको साथै, उक्त प्रतियोगितामा पहिलो पटक सहभागि भएको महिला टिम (The Himalayan Girls) को खेलाडीहरुलाई समेत प्रमाण पत्र वितरण गर्नु भएको थियो । सोही अवसरमा प्रतियोगिता आयोजना गर्न सहयोग पुर्‍याउनु हुने विभिन्न संघ÷संस्थाहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

४. उक्त प्रतियोगिताको प्रथम चरणमा ६.७ कि.मि. दौड, दोस्रो चरणमा २६ कि.मि. साईक्लिङ्ग र तेस्रो चरणमा ११ कि.मि. र्‍याफ्टीङ्ग गरी जम्मा दूरी ४३.७ कि.मि. रहेको थियो । प्रथम भएको त्रिभुवन आर्मी क्लब टिम ‘ए’ ले उक्त दूरी २ घण्टा १८ मिनेट ०१ सेकेण्डमा पूरा गर्न सफल भएको थियो ।

५. उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, स्थानीय निकायका पदाधिकारीहरु लगायत अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, साईक्लिङ्ग र र्‍याफ्टीङ्ग संघका पदाधिकारीहरु, सञ्चारकर्मी लगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जा एवं अन्य खेलप्रेमी व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।

६. नेपाली सेनाले खेलकुदको विकासको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको र यस किसिमको विशेष खेलकुद प्रतियोगिताको आयोजनाबाट आगामी दिनहरुमा अन्तर्राष्ट्रिय जगतमा समेत नेपाल र नेपालीको प्रदर्शन उच्च स्तरको रहन मद्धत पुग्ने मात्र नभई देशको युवा वर्गमा अनुशासन, भातृत्व तथा देशप्रेमको भावना विकासका लागि प्रेरणा मिल्नुको साथै यस किसिमको साहसिक खेलले आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्न समेत थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।