बेलायतको औपचारिक भ्रमणको क्रममा प्रधान सेनापतिद्वारा भेटघाट

१.  मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) का सेनाध्यक्ष (Chief of the General Staff) General Sir Nicholas Patrick Carter KCB CBE DSO ADC Gen को औपचारिक निमन्त्रणामा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मिति २०७४ असार २६ गतेबाट  बेलायत भ्रमणमा रहनु भएको छ । वहाँ संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा मिति २०७४ असार २३ गते आयोजना भएको विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशहरु (Troops Contributing Countries-TCC) को दोश्रो Chiefs of Defence Conference मा सहभागी भई बेलायत प्रस्थान गर्नु भएको हो ।

२. भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले बेलायतका सेनाध्यक्ष General Sir Nicholas Patrick Carter KCB CBE DSO ADC, Air Chief Marshal Sir Stuart Peach GBE KCB ADC DL, Lieutenant General Nicholas Pope CBE, DCGS र गोरखा बिग्रेडका Colonel Commandant सँग छुट्टा–छुट्टै भेटवार्ता गर्नु भएको छ । भेटको क्रममा प्रधान सेनापति श्री क्षत्रीले बेलायती सेनामा भइरहेको आधुनिकीकरण सम्बन्धी जानकारी लिनुको साथै दुई पक्षीय पारस्परिक हितको बारेमा छलफल गर्नु भएको थियो । भ्रमणको क्रममा वहाँले बेलायती सेनाको 19 Regiment Royal Artillery  लगायत अन्य विभिन्न सैनिक ईकाइहरुको समेत निरीक्षण गर्नु भई सो ईकाइहरुद्वारा भएका विविध गतिविधी बारे जानकारी हासिल गर्नु भएको थियो । भ्रमणकै सिलसिलामा लण्डन स्थित नेपाली दुताबासद्वारा आयोजित रात्रीभोजमा सहभागी हुनु भई अन्तरक्रिया गर्नु भएको थियो ।

३. प्रधान सेनापति श्री क्षत्रीको यस भ्रमणले नेपाल र संयुक्त अधिराज्य (बेलायत) बीचको २०० बर्षभन्दा पुरानो ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनुको साथै नेपाली सेना तथा बेलायती सेना बिचको आपसी सहयोग तथा सदभाव अरु मझबुद हुने विश्वास नेपाली सेनाले लिएको छ ।

४. साथै बेलायतको ६ दिने औपचारिक भ्रमण समाप्त गरी प्रधान सेनापति श्री क्षत्री मिति २०७४ असार ३१ गते नेपाल फिर्ता हुने कार्यक्रम रहेको छ ।