प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्क तथा संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरि स्वदेश फिर्ता

१. नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा मिति २०७४ असार २३ गते आयोजना भएको विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशहरु (Troops Contributing Countries-TCC) को दोश्रो Chiefs of Defence Conference  मा सहभागि हुनु भई, मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) का सेनाध्यक्ष (Chief of the General Staff) General Sir Nicholas Patrick Carter KCB CBE DSO ADC को औपचारिक निमन्त्रणामा मित्रराष्ट्र संयुक्त अधिराज्य (बेलायत) को भ्रमण सम्पन्न गरि आज मिति २०७४ असार ३१ गते स्वदेश फिर्ता हुनु भएको छ ।

२. संयुक्त राष्ट्रसंघ मुख्यालय, न्यूयोर्क भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले Directorate of Peace Keeping Operation का Under Secretory General तथा महासचिवका Military Advisor सँग छुट्टा–छुट्टै भेटघाट गर्नुका साथै संयुक्त राष्ट्रसंघको शान्ति सैनिक मिसन कंगो तथा दक्षिण सुडानका Force Commander  हरुसँग समेत छुट्टा–छुट्टै भेटघाट गर्नु भएको थियो । साथै मित्रराष्ट्र बेलायत भ्रमणको क्रममा बेलायतका सेनाध्यक्ष General Sir Nicholas Patrick Carter KCB CBE DSO ADC, Air Chief Marshal Sir Stuart Peach GBE KCB ADC DL, Lieutenant General Nicholas Pope CBE, DCGS र गोरखा बिग्रेडका Colonel Commandant सँग छुट्टा–छुट्टै भेटवार्ता गर्नुको साथै बेलायती सेनामा भइरहेको आधुनिकीकरण सम्बन्धी जानकारी लिनु भएको थियो । भ्रमणको क्रममा वहाँले बेलायती सेनाको 19 Regiment Royal Artillery लगायत अन्य विभिन्न सैनिक ईकाइहरुको समेत निरीक्षण गर्नु भएको थियो ।

३.  वँहालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री बलदेव राज महतले स्वागत गर्नु भएको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाण्डौस्थित विभिन्न कुटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

४. यस किसिमको उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट मित्रराष्ट्रहरुसँग लामो समयदेखि रहदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनको साथै नेपाली सेना तथा संयुक्त राष्ट्रसंघ र बेलायती सेना बिचको आपसी सहयोग तथा सदभाव अरु प्रगाढ हुन जाने विश्वास नेपाली सेनाले लिएको छ ।