असामयिक निधन

१. मिति २०६७ चैत्र १४ गते म्याग्दी जिल्लास्थित श्री ईन्द्रबक्स गणका सिपाही राम बहादुर चौधरी दैनिक पि.टि.(शारीरिक व्यायाम) परेडको दौरान बिहान ७:४० बजे अचानक लडी बेहोस भएपछि उपचारको लागि तत्काल जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा दुःखद निधन भएको छ । २. हाल मृतक चौधरीको शवलाई पोष्टमार्टमको लागि पोखरा ल्याउने कार्य जारी छ । उक्त घटना सम्बन्धमा नेपाली सेनाको छानवीन टोलीवाट छानविन गर्ने कार्य भइरहेको छ । ३. निधन हुनु भएका स्वर्गिय चौधरीको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनि नेपाली सेना श्री परमेश्वरसँग प्रार्थना गर्दछ ।