प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा निरीक्षण भ्रमण सम्पन्न

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले हिजो मिति २०७४ श्रावण ०६ गते चौतारास्थित श्री गोरख बहादुर गणको निरीक्षण भ्रमण गर्नु भएको थियो । निरीक्षण भ्रमण पश्चात वहाँ सोही गणमा मुकाम रहनु भएको थियो ।

२. निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री क्षत्रीले आज मिति २०७४ श्रावण ०७ गते दोलखा जिल्लाको चरिकोटस्थित श्री रणभिम गण तथा सिन्धुपाल्चोक जिल्लाको मेलम्चीस्थित श्री नं.२ हवाई सुरक्षा गणको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले उक्त गणहरुको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो । सोही अवसरमा उहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलका साथ निःस्वार्थ भावनाले मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवं पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनु भएको थियो ।

३. निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री आजै काठमाडौं फिर्ता हुनु भएको छ ।