नवनियुक्त माननीय रक्षामन्त्रीलाई नेपाली सेना सम्बन्धि परिचयात्मक जानकारी

१. आज मिति २०७४ श्रावण १६ गते नेपाली सेनाद्वारा नवनियुक्त माननीय रक्षामन्त्री श्री भिमसेन दास प्रधानलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच नेपाली सेना सम्बन्धी परिचयात्मक जानकारी गराईएको छ ।

२. कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले नव नियुक्त रक्षा मन्त्रीलाई नेपाली सेनाको तर्फबाट हार्दिक स्वागत गर्नु हुँदै माननीय मन्त्रीको कार्यकालमा नेपालको राष्ट्रिय सुरक्षा तथा नेपाली सेनाको समयानुकुल आधुनिकीकरण एवं पेशागत दक्षता विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गर्नु भयो । सो अवसरमा प्रधान सेनापति श्री क्षत्रीले नेपाली जनताको विश्वास र भरोसाको महत्वपूर्ण निकायको रुपमा रहेको नेपाली सेनाले विभिन्न कालखण्डमा भएका राजनैतिक परिवर्तनलाई सदा आत्मसाथ गरी वैधानिक राजनैतिक नेतृत्व अन्तरगत रही आफ्नो जिम्मेवारी पुरा गर्दै आएको कुरा उल्लेख गर्नु हुँदै नेपाली सेनाको संरचनालाई राष्ट्रिय सुरक्षा नीतिको मार्ग निर्देशन तथा संघिय संरचनाको स्वरुपलाई मध्यनजर राखी विस्त्रित सामरिक पुनरावलोकन (Comprehensive Strategic Review) को आधारमा पुर्नसंरचना गर्दै लैजानु पर्ने उल्लेख गर्नु भयो । विश्व शान्ति कार्यमा नेपाली सेनाको भूमिकाको चर्चा गर्नु हुदै प्रधान सेनापतिले नेपाली सेनाद्वारा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा पुर्‍याउँदै आएको उत्कृष्ट योगदानका कारण शान्ति सेना पठाउने राष्ट्रहरुमा नेपाल Most Reliable and Credible Troops Contributing Country को रुपमा स्थापित भएको उल्लेख गर्नु भयो ।

३. कार्यक्रमको क्रममा नव नियुक्त रक्षा मन्त्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा वातावरण तथा चुनौतीहरु, नेपाली सेनाको संगठन संरचना, कल्याणकारी कार्यक्रमहरु तथा अपरेशनल एवं अन्य विविध गतिविधिबारे प्रस्तुतिकरण गरिएको थियो ।

४. सो कार्यक्रममा माननीय रक्षा मन्त्री श्री प्रधानले नेपाली सेनाको गौरवमय इतिहास तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति तथा स्थायित्व कायम गर्न र राष्ट्र विकासमा पुर्‍याउँदै आएको महत्वपूर्ण योगदानको सह्राना गर्नु हुँदै आफ्नो कार्यकालमा नेपाली सेनाको पेशागत क्षमता साथै सैनिकहरुको मनोवल बृद्धि गर्न सक्दो प्रयास गर्ने कुरा व्यक्त गर्नु भयो । सोही क्रममा वहाँले साधन श्रोतको कमीका बावजुत नेपाली सेनाले आफ्नो व्यवसायिता तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा प्रदर्शन गर्दै आएको दक्षता तथा प्रभावकारीता अत्यन्त सह्रानिय रहेको उल्लेख गर्नु हुँदै शान्ति सेनामा नेपाली सेनाको सहभागिता अझ बृद्धि गर्नु पर्ने उल्लेख गर्न भयो । नेपाल दैवी प्रकोपको उच्च जोखिममा रहेको र नेपाली सेनाले विपद् व्यस्थापनमा विगतमा प्रशंसनिय कार्य गरेको उल्लेख गर्नु हुँदै रक्षा मन्त्रीले विपद् व्यवस्थापन क्षमता थप विकास गर्न जोड दिनु पर्ने कुरा व्यक्त गर्नु भयो । काठमाण्डौं–तराई÷मधेश दु्रतमार्गको सन्दर्भमा वहाँले उक्त द्रुतमार्ग राष्ट्रिय चासोको बिषय भएको र यसको निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको हुँदा नेपाली सेनाको प्रतिष्ठालाई समेत मध्यनजर गरी यस द्रुतमार्ग आयोजनालाई द्रुतगतिमा सम्पन्न गर्न जुट्नु पर्ने समेत उल्लेख गर्नु भयो ।

५. सो कार्यक्रममा समापन मन्तव्य दिनु हुदै बलाधिकृत रथी श्री वलदेव राज महतले जंगी अड्डाद्वारा आयोजित परिचयात्मक कार्यक्रममा सहभागी हुनु भएकोमा नेपाली सेनाका तर्फबाट आभार व्यक्त गर्नु हुँदै बलाधिकृत रथी श्री महतले ‘राष्ट्रिय सुरक्षा नीति २०७३’ को आधारमा मसौदा अवस्थामा रहेको रक्षा नीति सम्बन्धित सबै पक्षलाई ख्याल गरी तयार गरिनु पर्ने र राष्ट्रिय तहको Think Tank संस्थाको विकास गर्न National Defense College समेत स्थापना गर्न आवश्यक भएको उल्लेख गर्नु भयो ।

६. उक्त कार्यक्रममा रक्षा सचिव श्री श्रीधर सापकोटा, नेपाली सेनाका पिएसओज रथीवृन्द, रक्षा मन्त्रालयका अन्य पदाधिकारीहरु एवं विभिन्न विभागसँग सम्बन्धित रथीवृन्दको समेत उपस्थिति रहेको थियो ।