प्रधान सेनापति र मित्रराष्ट्र बंगलादेशको National Defense College (NDC) का Air Vice-Marshal M Sanaul Huq बीच भेटवार्ता

१. आज मिति २०७४ श्रावण १७ गते नेपाल भ्रमणमा रहेको मित्रराष्ट्र बंगलादेशको National Defence College (NDC) को भ्रमणदलका प्रमुख Air Vice-Marshal M Sanaul Huq, GUP, ndc, psc, GD (P) ले जंगी अड्डामा प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ । उक्त भेटवार्तामा वहाँहरु बीच दुई पक्षीय आपसी हितका बिषयमा छलफल भएको थियो । भेटवार्ताको कार्यक्रम पश्चात  भ्रमणदललाई श्री युद्धकार्य निर्देशनालयबाट नेपाली सेनाबारे जानकारी मूलक ब्रिफिङ्ग भएको थियो ।

२. बंगलादेशी सेनाका Air Vice-Marshal M Sanaul Huq को नेतृत्वमा २४ सदस्यीय भ्रमण दल मिति २०७४ श्रावण १६ गते नेपाल भ्रमणको लागि काठमाण्डौं आई पुगेको हो । उक्त भ्रमणदलले नगरकोटस्थित सैनिक वार कलेज तथा पोखरास्थित पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नुका साथै नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ । उक्त भ्रमणदल नेपाल भ्रमण सम्पन्न गरी मिति २०७४ श्रावण २१ गते बंगलादेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

३. छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।