"EX-PACIFIC ANGEL 2017" सञ्चालन सम्बन्धमा

१. नेपाली सेना तथा अमेरिकी सेनाको संयुक्त तत्वाबधानमा गत २०७२ सालको भूकम्पबाट अति प्रभावित गोरखा जिल्लामा Medical सेवा तथा स्कुल र स्वास्थ्य केन्द्रहरुको मर्मत संभारमा सहयोग पुर्‍याउनको लागि मिति २०७४/०४/२९ गतेदेखि मिति २०७४/०५/०२ गतेसम्म "EX-PACIFIC ANGEL 2017"  सञ्चालन गर्ने योजना गरिएको छ । सो कार्यक्रम (EXERCISE) मा नेपाली सेना लगायत मित्रराष्ट्र अमेरिका, श्रीलंका, मंगोलिया र बंगलादेशको राष्ट्रिय सेनाको साथै गोरखा जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाईटी गोरखा र नेपाल प्रहरीको सहभागिता रहेको  छ ।

२. उक्त कार्यक्रम (EXERCISE)  अन्तरगत गोरखा जिल्लाको सरस्वती मा.वि.मा स्वास्थ्य सेवा अन्तरगतका विभिन्न ८ वटा बिषयहरुमा सम्बन्धित बिशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गर्नुको साथै उपचारार्थ आउने स्थानीयहरुलाई निःशुल्क औषधी वितरण गर्ने योजना रहेको छ । उल्लेखित स्वास्थ्य सेवा प्रदान गर्न नेपाली सेनाको तर्फबाट बिशेषज्ञ डाक्टर सहित ११ जना, मित्र राष्ट्र अमेरिका, श्रीलंका, मंगोलिया र बंगलादेशबाट गरी जम्मा ३५ जना बिशेषज्ञ डाक्टर सहितको मेडिकल टोलीको साथै गोरखा जिल्ला अस्पतालबाट डाक्टर सहित १० जना र नेपाल रेडक्रस सोसाईटी गोरखाबाट १० जना गरी जम्मा ६६ जनाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाईएको छ ।

३. सोही कार्यक्रम अन्तरगत माथि उल्लेखित सरस्वती मा.वि.को अलावा गोरखा जिल्ला अस्पताल, नगर स्वास्थ्य केन्द्र, सन्सारी महेन्द्र मा.वि. र महेन्द्र उच्च मा.वि.मा साधारण मरामत कार्य गर्ने योजना समेत गरिएको छ । उक्त मरामत कार्यको लागि आवश्यक उपकरण सहित नेपाली सेनाबाट ईन्जिनियर अधिकृत, प्लम्बर, ईलेक्ट्रिसियन, पेन्टर, डकर्मी तथा सिकर्मी गरी १५ जना र मित्रराष्ट्र अमेरिकी सेनाको तर्फबाट १९ जना गरी जम्मा ३४ जना खटिईएका छन् ।

४.  "EX-PACIFIC ANGEL 2017" अन्तरगत नै वीरेन्द्र अस्पताल छाउनीमा मिति २०७४/०४/३१ गतेदेखि मिति २०७४/०५/०२ गतेसम्म प्राकृतिक प्रकोपको दौरान हुने घाईतेहरुको उचित व्यवस्थापन सरल र सहज रुपमा गर्नको निमित्त अभ्यास  तथा Mass Casualty Event  समावेश गरी Subject Matter Expert Exchange (SMEE) संचालन गर्ने योजना समेत गरिएको छ । उक्त कार्यक्रममा नेपाली सेनाबाट ४५, अमेरिकी सेनाबाट १० र नेपाल प्रहरीबाट १० गरी जम्मा ६५ जना सहभागि हुनु हुनेछ ।

५. यस प्रकारको बहु राष्ट्रिय संयुक्त अभ्यासले बिशेषज्ञता आदान–प्रदान हुन गई सैनिक पेशागत क्षमता थप अभिबृद्धि गर्न मद्दत पुग्नुको साथै मित्र राष्ट्रहरुसंगको सैनिक सम्बन्ध अझ मझबुद र प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।