नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास Balance Nail 17-5530 सञ्चालन

१. नेपाली सेना र अमेरिकी सेना बीचमा विगत केही वर्षदेखि सञ्चालन हुँदै आएको संयुक्त अभ्यासको निरन्तरता अन्तर्गत Balance Nail 17-5530 आज मिति २०७४ भाद्र ०५ गतेदेखि नेपाली सेनाको श्री महावीर रेञ्जर रेजिमेन्ट छाउनीमा सञ्चालन भएको छ ।

२. उक्त अभ्यास, विभिन्न सैनिक युद्धकला लगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयहरुमा आधारित रही मिति २०७४ असोज ०२ गतेसम्म सञ्चालन हुनेछ । सो संयुक्त अभ्यासको लागि मित्रराष्ट्र अमेरिकी सेनाका टोली मिति २०७४ श्रावण ३२ गते आवश्यक तालिम सामाग्री सहित नेपाल आईपुगेका हुन् ।

३. यस किसिमको संयुक्त तालिम तथा अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य मित्रराष्ट्रहरुको सेनासँग सहकार्य गरी सैनिक कारवाही सञ्चालन गर्न सक्ने क्षमतालाई समेत अभिबृद्धि गर्न विशेष सहयोग पुग्न जाने देखिएको छ । साथै, यस्ता सहकार्यहरुबाट दुई देश बिचको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।