प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा RCMC भवनको निरीक्षण

१. आज मिति २०७४ भाद्र ५ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले काठमाण्डौस्थित अमेरिकी दुतावासको सहयोगमा छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट हाता भित्र निर्माण भएको नवनिर्मित Regional Crisis Management Center (RCMC) भवन, विपद् व्यवस्थापन तालिम सम्बन्धी पूर्वाधार तथा इक्विप्मेन्टहरुको निरीक्षण गर्नु भएको छ । उक्त भवनहरु मिति २०७४ असार ५ गते नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयलाई हस्तान्तरण गरिएको थियो ।

२. भूकम्प प्रतिरोधात्मक प्रविधिबाट तयार गरिएको उक्त भवनहरु ठूलो प्रकारको विपद्को बेलामा बुहुराष्ट्रिय सैनिकहरुको समेत संलग्नतामा हुने खोज, उद्धार तथा राहत वितरण सम्बन्धी कार्यहरु छिटो र प्रभावकारी ढङ्गले कार्य गर्ने समन्वय केन्द्र(Multinational Military Coordination Center - MNMCC) को प्रयोजनको लागि उपयोग गरिनुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आयोजना गरिने विपद् व्यवस्थापन सम्बन्धी तालिम, अभ्यास, गोष्ठी र सेमिनारको लागि समेत प्रयोग गरिने छ ।

३. सोही निरीक्षण भ्रमणको क्रममा प्रधान सेनापति श्री क्षत्रीले महावीर रेञ्जर रेजिमेन्ट हाता भित्र तयार गरिएको गुल्मस्तरको २ वटा नमुना जवान आवास भवन समेत उद्घाटन गर्नुको साथै सो गणको अपरेशन, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षहरु बारे जानकारी समेत लिनु भएको थियो ।