प्रधान सेनापतिद्वारा ‘कैलाश भवन’ को समुद्घाटन

१. आज मिति २०७४ भाद्र १४ गते प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा श्री सैनिक हवाई महानिर्देशनालय गौचर व्यारेक, हाता भित्र उक्त महानिर्देशनलयको अपरेशन महाशाखाको नवनिर्मित ‘कैलाश भवन’ को एक कार्यक्रमका बिच समुद्घाटन गर्नु भएको छ ।

२. हवाई सेवाको मुटु मानिने Air Operation को उचित व्यवस्थापन गर्दै सुरक्षित तथा असरदार हवाई सेवा सञ्चालन गर्ने उद्धेश्यले सैनिक हवाई महानिर्देशनालयले निर्माण गरेको उक्त कैलाश भवनको यसै वर्ष बाजुरा जिल्लाको कोल्टी विमानस्थलमा दुघर्टनामा परी दिवंगत हुनु भएका स्व.पाइलट महा सेनानी श्री कैलाश गुरुङको सम्झनामा नामाकरण गरिएको हो । कर्तव्य पालनाको शिलसिलामा दिवंगत हुनु भएका पाइलटहरुको सम्मानका साथै उहाँहरुले संस्थाप्रति पुर्‍याउनु भएको योगदानको उच्च कदर हुने विश्वासका साथ उक्त भवनको निर्माण गरिएको हो । नेपाली सेनाको हवाई साधनहरुको क्रमशः बृद्धि भए सँग सँगै सो भवनको निर्माणबाट Air Operation हरु सहज रुपमा व्यवस्थापन गर्न सकिने विश्वास लिइएको छ ।

३. उक्त भवनको समुद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिति रहेको थियो ।