‘EX-SURYA KIRAN-XII’ शुभारम्भ

१. नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास INDO-NEPAL BATTALION LEVAL COMBINED TRAINING ‘EX-SURYA KIRAN-XII’ आज मिति २०७४ भाद्र १८ गते रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा श्री मध्य पश्चिम पृतना हे.क्वा.का पृतनापति उपरथी श्री राजेन्द्र कार्कीले एक विशेष कार्यक्रमका बीच शुभारम्भ गर्नु भएको छ ।

२. विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरि संचालन भएको उक्त संयुक्त अभ्यासको यो १२ औं संस्करण  हो । उक्त संयुक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी श्री जयन्द्र के.सी. र भारतीय सेनाबाट महा सेनानी श्री ललित मोहन मिश्राले नेतृत्व गर्ने छन् । दुवै देशका करिब ३००÷३०० जना नफ्रि सहभागी गराई सञ्चालन भएको यस संयुक्त अभ्यास आगामी २०७४ भाद्र ३१ गते सम्पन्न हुने कार्यक्रम रहेको छ । यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सुर्य किरणको एघारौं संस्करण मित्रराष्ट्र भारतको पिथौरागढमा सम्पन्न भएको थियो । वि.सं. २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी ११ पटक सफलता पुर्वक सञ्चालन भई सकेको   छ ।

३. यस संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनको समयमा स्वास्थ्य उपचार सम्बन्धि प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्नेछन् । यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुने छ । नेपाली सेना र भारतीय सेना वीचको यस किसिमको सैनिक अभ्यासले दुई देश वीच सदियौं देखि रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशको सेनाको सकलदर्जा बीच समझदारीमा अभिवृद्धि हुने विश्वास लिएको छ ।