प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीद्वारा मित्रराष्ट्र क्यानडा तथा संयुक्त अरब ईमिरेटसको औपचारिक भ्रमण सम्बन्धमा

१. नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड (USPACOM) र Canadian  Forces को संयुक्त तत्वावधानमा क्यानडाको भिक्टोरियामा मिति २०७४/०५/१९ गतेदेखि ऐ.२१ गतेसम्म संचालन हुने एसिया प्रशान्त क्षेत्रीय देशहरुका Armed Forces का प्रमुखहरुको बार्षिक सम्मेलन The Annual Chiefs of Defense (CHOD) Conference तथा मिति २०७४ भाद्र २३ गतेदेखि ऐ. २७ गतेसम्म संयुक्त अरब ईमिरेटसको UAE Armed Forces का Chief of Staff Lieutenant General Hamad Mohammed Thani Al Rumaithi को औपचारिक निमन्त्रणामा मित्रराष्ट्र संयुक्त अरब ईमिरेटसको भ्रमणको लागि मिति २०७४ भाद्र १७ गते मित्रराष्ट्र क्यानडा तर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ । उक्त भ्रमणमा प्रधान सेनापतिका धर्मपत्नी श्रीमती रीता क्षत्री तथा सह सैनिक सहायक सहितको भ्रमण टोली रहने छ ।

२. क्यानाडाको भिक्टोरियामा संचालन हुने एसिया प्रशान्त क्षेत्रीय देशहरुका Armed Forces का प्रमुखहरुको बार्षिक सम्मेलन The Annual Chiefs of Defense (CHOD) Conference मा मुख्यतया Trends in the Indo-Asia pacific, Countering and Preventing Violent Extremism तथा Peace Support Operations सम्बन्धी बिषयबस्तुमा हुने अन्तरक्रियामा सहभागी हुने कार्यक्रम रहेको छ ।

३. भ्रमणको अवधिभर प्रधान सेनापति महारथी श्री क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी श्री वलदेव राज महतले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नु हुनेछ । भ्रमण सम्पन्न गरी प्रधान सेनापति महारथी श्री क्षत्री मिति २०७४ भाद्र २८ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।

४. यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र अन्य मित्रराष्ट्रहरुका सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास लिईएको छ ।