का.मु. प्रधान सेनापतिद्वारा ‘EX-SURYA KIRAN-XII’ निरीक्षण

१. आज मिति २०७४ भाद्र २१ गते का.मु. प्रधान सेनापति बलाधिकृत रथी श्री बलदेव राज महतले मिति २०७४ भाद्र १८ गतेबाट रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा सञ्चालन भईरहेको नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास  ‘EX-SURYA KIRAN-XII’ को निरीक्षण गर्नु भएको छ ।

२. निरीक्षण भ्रमणको दौरान का.मु प्रधान सेनापति श्री महतलाई अभ्यास निर्देशक सहायक रथी श्री शैलेन्द्र शम्सेर थापाले अभ्यास सूर्य किरण संचालन सम्बन्धी जानकारी गराउनुको साथै का.मु. प्रधान सेनापति श्री महतले दुवै देशका सहभागी फौजद्वारा प्रदर्शन गरिएको प्रतिविद्रोह तथा प्रतिआतंकवाद सम्बन्धी प्रदर्शनी लगायत फायरिङको अवलोकन गर्नु भएको थियो । सोही क्रममा वहाँले सहभागीहरुसँग अभ्यास सम्बन्धी अन्तरक्रिया समेत गर्नु भएको थियो ।

३. उक्त निरीक्षण भ्रमण टोलीमा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी श्री देब कुमार सुवेदी र मध्य पश्चिम पृतनापति उपरथी श्री राजेन्द्र कार्कीको समेत उपस्थिति रहेको थियो ।

४. उक्त निरीक्षण भ्रमण पश्चात का.मु. प्रधान सेनापति बलाधिकृत रथी श्री बलदेव राज महत आजै मिति २०७४ भाद्र २१ गते काठमाण्डौ फिर्ता हुन भएको छ ।