प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र क्यानडाको भ्रमण सम्पन्न गरी संयुक्त अरब ईमिरेटसको औपचारिक भ्रमणको लागी प्रस्थान गर्नुहुँदै

१. प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड (USPACOM) र Canadian  Forces को संयुक्त तत्वावधानमा क्यानडाको भिक्टोरियामा मिति २०७४/०५/१९ गतेदेखि ऐ.२१ गतेसम्म संचालन भएको एसिया प्रशान्त क्षेत्रीय देशहरुका Armed Forces का प्रमुखहरुको बार्षिक सम्मेलन 'The 2017 Annual Chiefs of Defense (CHOD) Conference' को क्रममा Trends in the Indo-Asia pacific, Countering and Preventing Violent Extremism तथा Peace Support Operations सम्बन्धी बिषयबस्तुमा भएका अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुको साथै विभिन्न मित्रराष्ट्रहरुका सेना प्रमुख लगायत उच्च सैनिक अधिकारीहरुसँग सामुहिक तथा छुट्टाछुट्टै भेटघाट गर्नु भई द्विपक्षिय आपसी हितका विषयहरुमा छलफल गर्नु भएको थियो ।

२. प्रधान सेनापति श्री क्षत्री एसिया प्रशान्त क्षेत्रीय देशहरुका Armed Forces का प्रमुखहरुको बार्षिक सम्मेलन The 2017 Annual Chiefs of Defense (CHOD) Conference सम्पन्न गरि UAE Armed Forces का Chief of Staff Lieutenant General Hamad Mohammed Thani Al Rumaithi को औपचारिक निमन्त्रणामा आज मिति २०७४ भाद्र २२ गते मित्रराष्ट्र संयुक्त अरब ईमिरेटस तर्फ प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ । प्रधान सेनापति श्री क्षत्रीले मिति २०७४/०५/२७ गतेसम्म मित्रराष्ट्र संयुक्त अरब ईमिरेटसको औपचारिक भ्रमण सम्पन्न गरी मिति २०७४ भाद्र २८ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।