‘EX-SURYA KIRAN-XII’ को अवलोकन एवं समापन समारोहमा सहभागी हुन भारतीय सैनिक टोली काठमाण्डौ आउदै

१. मिति २०७४ भाद्र १८ गतेबाट रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक व्याट्ल स्कूलमा सञ्चालन भई रहेको नेपाली सेना र भारतीय सेनाको गण स्तरको संयुक्त अभ्यास ‘EXERCISE SURYA KIRAN-XII’ को अवलोकन एवं समापन समारोहमा सहभागी हुन भारतीय सेनाका Lieutenant General Jagdeep Kumar Sharma को नेतृत्वमा तीन सदस्यीय सैनिक टोली भोली मिति २०७४ भाद्र २८ गते काठमाण्डौ आउने भएको छ ।

२. उक्त उच्च तहको सैनिक टोलीले हाल संचालन भई रहेको संयुक्त अभ्यास ‘EXERCISE SURYA KIRAN-XII’ को अवलोकन गर्नुको साथै, आगामी २०७४ भाद्र ३१ गते आयोजना हुने समापन समारोहमा समेत सहभागी भई मिति २०७४/६/१ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

३. यस अभ्यासबाट दुबै देशका सैनिकहरु बिच सयुंक्त रुपमा प्रतिव्रिदोह तथा प्रतिआतंकवाद सम्बन्धी युद्धकलाको साथै विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गर्न महत्वपूर्ण योगदान पुग्न गएको छ । यस प्रकारका अभ्यास तथा उच्च स्तरिय भ्रमणले नेपाली सेना र भारतीय सेना बीचको सदियौं देखि रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने विश्वास नेपाली सेनाले लिएको छ ।