प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र क्यानडा तथा संयुक्त अरब ईमिरेट्सको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

१. नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड (USPACOM) र Canadian  Forces को संयुक्त तत्वावधानमा क्यानडाको भिक्टोरियामा मिति २०७४/०५/१९ गतेदेखि ऐ.२१ गतेसम्म सञ्चालन भएको एसिया प्रशान्त क्षेत्रीय देशहरुका Armed Forces का प्रमुखहरुको बार्षिक सम्मेलन The Annual Chiefs of Defense (CHOD) Conference दौरान Trends in the Indo-Asia pacific, Countering and Preventing Violent Extremism तथा Peace Support Operations सम्बन्धी बिषयबस्तुमा भएका अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुको साथै मिति २०७४ भाद्र २३ गतेदेखि ऐ.२७ गतेसम्म संयुक्त अरब ईमिरेट्सको UAE Armed Forces sf Chief of Staff Lieutenant General Hamad Mohammed Thani Al Rumaithi को औपचारिक निमन्त्रणामा मित्रराष्ट्र संयुक्त अरब ईमिरेट्सको औपचारिक भ्रमण सम्पन्न गरी आज मिति २०७४ भाद्र २८ गते स्वदेश फिर्ता हुनुभएको छ । सो भ्रमणको क्रममा वहाँले उच्च स्तरिय सैनिक भेटघाट गर्नु भई आपसी हितका विषयमा छलफल गर्नु भएको थियो ।

२.  प्रधान सेनापति श्री क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी श्री बलदेव राज महतले स्वागत गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाण्डौस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

३. यस किसिमको उच्च सैनिक नेतृत्व तहको भ्रमणबाट मित्रराष्ट्रहरुसँग लामो समयदेखि रहदै आएको सुमधुर मैत्रीपूर्ण सम्बन्ध अझ मजबुत हुनको साथै नेपाली सेना तथा उक्त मित्रराष्ट्रहरुका सेनाबीच आपसी सहयोग तथा पारस्परिक सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।